आत्मदाह प्रयास गरेका गणेशलाई जरिवाना गरिएको छैन : ट्राफिक प्रहरी

२६ असार, काठमाडौं ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीलाई जरिवाना नतिराएको बताएको छ।

मुगुको सोरु गाउँपालिका–१ का उनलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको कारण आत्मदाह प्रयास गरेको समाचार आएको भन्दै कार्यालयले त्यसको खण्डनसमेत गरेको हो।

सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार छानबिन गर्दा नेपालीलाई कुनै पनि प्रकारको जरिवाना तिराइएको छैन ।

उनले अनुसन्धानको वस्तुनिष्ठ निष्कर्ष नआउँदै भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न पनि सञ्चारमाध्यम र पत्रकारहरुलाई गरेका छन् ।

नेपालीले त्रिपुरेश्वरको राहदानी विभाग अगामा बिहीबार दिउँसो आत्मदाह प्रयास गरेका थिए । ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।