
२६ असार, काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि रीतपूर्वक दरखास्त पेस गर्ने ६ उम्मेदवारको नामावली सार्वजनिक भएको छ ।
उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको सिफारिस समितिले बिहीबार उम्मेदवारहरूको सूची प्रकाशन गरेको हो ।
सार्वजनिक सूची अनुसार कार्यकारी निर्देशक पदका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारमा प्युठानका छविराज पोख्रेल, प्युठानकै कौशल केसी र सप्तरीका सञ्जीवकुमार देव छन् ।
यसैगरी धनुषाका नागेन्द्र साह, महोत्तरीका सरोजकुमार शर्मा र सप्तरीका दीपेन्द्रकुमार देवको नाम पनि उम्मेदवारको सूचीमा समावेश छ ।
छनौट प्रक्रिया अन्तर्गत उम्मेदवारहरूले अब व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्ने छ ।
