यूएईका कलेजमा पठाउने भन्दै ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

२७ असार , काठमाडौं । यूएईका विभिन्न कलेजमा अवैध रूपमा पठाएर त्यहाँबाट फ्रान्स र अस्ट्रेलियासमेत पठाउने भन्दै ठगी गर्ने चार कन्सल्टेन्सीका ८ जना सञ्चालक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरूले यूएईमा विद्यार्थी पठाउन शिक्षा मन्त्रालयमातहतको आधिकारिक निकायबाट अनुमति लिएको पाइएको प्रहरीले जनाएको छ ।