बढ्यो सुनको भाउ, तोलाको कति ?

२६ असार, काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज शुक्रबार तोलामा २ हजार ७ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन तोलाको २ लाख ८७ हजार ४ सय तोकिएको छ । हिजो बिहीबार तोलाको २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । बिहीबार तोलाको ४ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज शुक्रबार १ सय ७० बढेर ४ हजार ५ सय १० मा कारोबार भइरहेको छ ।