
२२ साउन,काठमाडौँ ।काठमाडौँको नागार्जुन नगरपालिका स्थीत हार्डवेयर पसलका सञ्चालकमाथि धारिलो हतियार प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका वडा नं ९ घर भई हाल काठमाडौँको कपन बस्दै आएका २३ वर्षीय युवा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत साउन १९ गते राति करिब १०ः१५ बजेको समयमा नागार्जुन नगरपालिका वडा नं ८ स्थित सिभान्स सप्लायर्स हार्डवेयर पसलका सञ्चालकमाथि चक्कु प्रहार भएको थियो । घटनालगत्तै आक्रमणकारी फरार भएका थिए।
घटनाको सूचना पाएलगत्तै प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई साउन २० गते कोटेश्वरबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार उनीमाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
