ससुराको हत्या आरोपमा बुहारी पक्राउ

१४ असोज, जाजरकोट । जाजरकोटमा ७५ वर्षीया ससुराको हत्या गरेको आरोपमा प्रहरीले  बुहारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गत साउन ११ गते राति करिब ८ बजे घरको सिँढीमा घाँटीमा धारिलो हतियार प्रहार गरिएको र मृत अवस्थामा फेला परेका थिए। घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हतियार समेत बरामद भएको छ।

अनुसन्धानका क्रममा मृतकका जेठा छोराले असोज ७ गते माइली बुहारी विरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले आरोपिलाई निजकै घरबाट पक्राउ गरी हिरासतमा राखेको छ।

जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि पहिलो पटक १० दिनको म्याद थप गरी प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।