काठमाडौं सीडीओले भन्यो – ग्यास लुकाएको थाहा पाए तत्काल ९८५१३३८३२२ मा सूचना दिनू

२८ भदौ, काठमाडौं ।खाना पकाउने ग्यास सहज आपूर्ति भइरहेको भए पनि उपभोक्ताले ग्यास सजिलै पाउन नसकेको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय,काठमाडौंले चेतावनी दिएको छ ।

कार्यालयले एक सूचना जारी गर्दै कुनै बिक्रेताले ग्यास लुकाएको वा स्टक भएर पनि बिक्री नगरेको जानकारी प्राप्त भएमा तत्काल खबर गर्न उपभोक्तालाई आग्रह गरेको छ।

यस्तो गतिविधि देखिएमा जिल्ला प्रशासन कार्यालय,काठमाडौंका सूचना अधिकारीको फोन नं ९८५१३३८३२२  मा जानकारी दिन भनिएको छ।

प्रशासनले जिल्लाभर नै ग्यासको आपूर्ति र वितरणमा अनुगमन गरिरहेको छ ।

तोकिएको मूल्यभन्दा बढी रकम लिनेलाई पनि कालोबजारीसम्बन्धी प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रसाशनले स्पष्ट पारेको छ।