१४ भदौ, काठमाडौं । रसुवा बाढीपछि रोक लगाइएका नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय,चितवनका अनुसार बाढीको जोखिम नरहेको सूचना प्राप्तपछि रोकिएका सबै प्रकारका सवारी साधनको आवागमन सुचारु भएको हो ।
नारायणगढ–मुग्लिन – पोखरा – काठमाडौँ जाने तथा उताबाट आउने सबै सवारी साधनलाई गन्तव्यतर्फ जान अनुमति दिइएको प्रहरीको भनाई छ।
तर पनि वर्षाको मौसम र भौगोलिक संवेदनशीलताका कारण यात्रामा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।
