उखुको समर्थन मूल्य तोक्ने तयारी,लागत अध्ययन सुरु

९ भदौ, काठमाडौं । उखु किसानहरूलाई उचित मूल्य दिलाउने उद्देश्यसहित सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी गरेको छ। 

 कृषि विभागले तराईका ११ वटा जिल्लाहरूमा स्थलगत अध्ययन सुरु गरिसकेको छ ।

सुनसरी,मोरङ,सिराहा,धनुषा, महोत्तरी,सर्लाही,रौतहट,नवलपरासी,बर्दिया,कैलाली र कञ्चनपुरमा पुगेर किसानको उत्पादन लागत र  खर्चको तथ्यांक जुटाइरहेको विभागले जानकारी दिएको छ।

अघिल्लो वर्ष सरकारले उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ र किसानलाई दिइने अनुदान ७० रुपैयाँ कायम गरेको थियो