
९ भदौ,काठमाडौं । सरकारले नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि भोली बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आज मंगलबार गृह मन्त्रालयले सूचना जारी गर्दै सो जानकारी दिएको हो।
२०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार नै यस्तो निर्णय भएको मन्त्रालयले जनाएको छ।

