
९ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल पछिल्लो ३६ वर्षयताकै कमजोर भएको बताएका छन् ।
नाडा अटो शो —२०२६ को १८ औं संस्करणको उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन्।उनले भने, ‘मेरो ३६ वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर मनोअवस्थामा पुगेको ठान्छु ।
‘बजार शिथिल रहेकाले अर्थतन्त्र चूनौतीपूर्ण छ । समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ छ। व्यवसायीको मनोबल निकै गिरेको छ ।’
नयाँ सरकारले बजेटको प्रतिवद्धता अनुसार व्यवहारमा काम गर्न नसकेको उनले बताए । ‘सरकारले बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।
५ देखि ७ वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय,१ सय बिलियनको अर्थतन्त्र र १२ लाख रोजगारीको प्रतिवद्धता छ,’ उनले भने, ‘बजेटका घोषणा अगाडि बढेनन् ।सोही अनुसारको रणनीति बनेको देखिदैन । अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने आश्यकता छ ।’
अटोमोबाइल क्षेत्रबाट राज्यले ८१ अर्ब भन्दा बढी राजस्व संकलन गरे तापनि यो क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न सकेको छैन।’उनले भने।
