फोहोरमैला व्यवस्थापन विधेयक प्रतिनिधिसभामा पेश

७ असोज, काठमाडौं । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले उक्त विधेयक पेश गरेका थिए । सदनले विचारार्थ प्रश्तुत गर्न अनुमति प्रदान गरेको छ।

मन्त्री लम्सालले फोहरमैलाको उत्सर्जन, संकलन, विसर्जन र समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुमिका र जिम्मेवारीलाई थप स्पष्ट पार्नु पर्ने आवश्यकता औंल्याएका छन् ।

तीन तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्न यो विधेयक अपरिहार्य रहेको उनको भनाइ छ ।