
७ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली क्रमश ःशक्तिशाली बन्दै गएका कारण नेपालभर वर्षा ९वाइड स्प्रेड रेन० गराउने सम्भावना छ ।
मौसमविद्हरूका अनुसार अहिले प्रणाली अन्डमान–निकोबार क्षेत्रबाट आन्ध्र प्रदेश र ओडिसातर्फ अघि बढिरहेको छ । समुद्रमा रहँदा यसले थप ऊर्जा र जलवाष्प प्राप्त गर्दै शक्तिशाली बन्न सक्छ ।
काठमाडौंमा कस्तो असर होला रु
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका अनुसार अहिलेसम्मको आँकलनमा यो प्रणाली भारतको झारखण्ड हुँदै उत्तरप्रदेशको गोरखपुर हुँदै बिहारतिर आउने सम्भावना देखिएको छ ।
‘यदि बिहार र उत्तर प्रदेश आसपास हुँदै आयो भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी जोखिम हुनसक्छ,’ सिग्देलले भने, ‘अहिलेको आँकलनले गोरखपुरतिर हुँदै अघि बढ्ने सम्भावना बढी देखिएको छ । यदि यो आँकलन मिल्यो भने काठमाडौं उपत्यकासहित बागमतीको पूर्वी भेग, लुम्बिनी र गण्डकीमा झन् बढी असर गर्न सक्छ ।’
मौसम विज्ञान विभागले पनि लुम्बिनी र गण्डकी प्रदेशमा बढी प्रभाव पर्नसक्ने अनुमान सार्वजनिक गरेको छ ।
काठमाडौं तीव्र शहरीकरण भएको, खोलानाला चपेटामा परेको र निकास राम्रो नभएको क्षेत्र भएकाले पनि काठमाडौंमा लगातार ५० देखि ८० मिलिमिटर मात्रै वर्षा भए पनि डुबान हुनसक्ने खतरा रहेको छ ।
