आज विश्व दृष्टि दिवस

२२ असोज, काठमाडौं ।‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदैछ ।

हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइने यो दिवसका आवसरमा आज आँखा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गरि  मनाउन लागिएको हो ।

यस वर्षको नाराले आँखाको हेरचाह गर्न तथा सरकार र सरोकारवालाहरुलाई जिम्मेवार र उत्तरदायी बन्न प्रेरित गरेको छ । 

वर्तमान परिवेशमा ग्लुकोमा,आँखाको पर्दासम्बन्धी रोग,मधुमेहसँग सम्बन्धित दृष्टि समस्या,उमेरसँग सम्बन्धित आँखाका रोग र दृष्टि दोष जस्ता समस्या आँखाको लागि चुनौती बन्दै गएका छन् । 

बढ्दो औसत आयु,नसर्ने रोगको भार,बदलिँदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ किसिमका जोखिम थपिरहेको आँखा स्वास्थ्यसँग सम्बन्धित विशेषज्ञहरुको भनाइ छ ।