
२२ असोज,काठमाडौं ।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण,दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड दिएको बताएका छन्।
ईन्टरनेट गभर्नेन्स इन्सिच्युट (आईजीआई) ले १७ औँ एसिया प्यासिफिक रिजनल ईन्टरनेट गभर्नेन्स फोरम–२०२६ को समापन समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा.तिमिल्सिनाले डिजिटल प्रविधिले नागरिकको शिक्षा,सञ्चार,व्यवसाय,सार्वजनिक सेवा तथा सार्वजनिक जीवनमा सहभागितालाई सहज बनाउँदै गएको बताए।
उनले नेपालको भौगोलिक विविधताका कारण विशेषगरी ग्रामीण,दुर्गम र हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार चुनौतीपूर्ण भए पनि सरकारले यसलाई प्राथमिकतामा राखेको बताए।
इन्टरनेटको पहुँच विस्तारसँगै सेवाको गुणस्तर,विश्वसनीयता र सबलता सुनिश्चित गर्न पनि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
