ब्यानर-२

गलौंतीमा भित्ता काटेर पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइयो

गलौंतीमा भित्ता काटेर पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइयो

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२५ असोज, काठमाडौं । गलौंतीमा सडक भासिँदा अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको छ । राजमार्गअन्तर्गत धादिङको गलौंदीमा त्रिशूली नदीको कटान गर्दा सडक भासिएको थियो । भासिएको क्षेत्रमा १६० मिटर सडकको भित्तातिर कटिङ गरी यातायात सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्री सुनील लम्सालले जानकारी दिएका छन् । सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गमा यातायात पूर्ण रूपमा सुचारु भएको छ । रात्रिकालीन यात्रामा सतर्कता अपनाउन मन्त्री लम्सालले आग्रह गरेका छन् ।...
क्यानेडियन कवि एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार

क्यानेडियन कवि एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार, साहित्य
२३ असोज, काठमाडौं । क्यानेडियन कवि तथा निबन्धकार एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । यसअगाडि सोही देशका एलिस मुनरो सन् (२०१३) र साउल बेलो (१९७६) ले नोबेल पुरस्कार जितेका थिए । उनलाई ‘शास्त्रीय परम्परासँगको क्रीडात्मक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने साहसी र नवीन कार्यका लागि’ सो पुरस्कार दिइएको हो । साहित्य क्षेत्रको यो प्रमुख सम्मान सामान्यतया लेखकको करियरको सर्वोच्च उपलब्धि मानिन्छ । विगतका विजेताहरूमा कवि डब्लुबी येट्स र लुइस ग्लुक, नाटककार ह्यारोल्ड पिन्टर र सेमुअल बेकेट, तथा उपन्यासकार हान काङ र टोनी मोरिसन समावेश छन् । सन् २०१६ मा बब डिलन र सन् १९५३ मा विन्स्टन चर्चिलले पनि यो पुरस्कार पाएका थिए । सन् २०१८ देखि पालैपालो पुरुष र महिला लेखकहरूलाई यो पुरस्कार दिँदै आएको छ । गत वर्षको पुरस्कार हंगेरीका उपन्यासकार लास्ल...
ग्रामीण क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छ : सञ्चारमन्त्री

ग्रामीण क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छ : सञ्चारमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२ असोज,काठमाडौं ।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण,दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड दिएको बताएका छन्। ईन्टरनेट गभर्नेन्स इन्सिच्युट (आईजीआई) ले १७ औँ एसिया प्यासिफिक रिजनल ईन्टरनेट गभर्नेन्स फोरम–२०२६ को समापन समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा.तिमिल्सिनाले डिजिटल प्रविधिले नागरिकको शिक्षा,सञ्चार,व्यवसाय,सार्वजनिक सेवा तथा सार्वजनिक जीवनमा सहभागितालाई सहज बनाउँदै गएको बताए। उनले नेपालको भौगोलिक विविधताका कारण विशेषगरी ग्रामीण,दुर्गम र हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार चुनौतीपूर्ण भए पनि सरकारले यसलाई प्राथमिकतामा राखेको बताए। इन्टरनेटको पहुँच विस्तारसँगै सेवाको गुणस्तर,विश्वसनीयता र सबलता सुनिश्चित गर्न पनि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।...
रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी

रत्नपार्क–भक्तपुर मेट्रो रेल चलाउने सरकारको तयारी

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२० असोज,काठमाडौं ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को प्राविधिक तथा आर्थिक सहयोगमा पूर्वाधार विकास मन्त्रालयले करिब ३ वर्ष लगाएर तयार पारेको यस गुरुयोजनाको सबैभन्दा आकर्षक र महत्त्वपूर्ण परियोजना ‘रत्नपार्क–भक्तपुर मास ट्रान्जिट (मेट्रो रेल)’ अघि सारेको छ। सो गुरुयोजना र यसको ‘रणनीतिक वातावरणीय मूल्याङ्कन (एसईए)’ को मस्यौदा प्रतिवेदन सार्वजनिक गर्दै सरोकारवाला र आम नागरिकबाट ३० दिने राय–सुझाव माग गरेको छ । प्रतिवेदनले उपत्यकाको पूर्व–पश्चिम करिडोरलाई लक्षित गरी करिब १६.५ किलोमिटर लामो ‘लिनियर मेट्रो’ वा ‘लाइट रेल ट्रान्जिट (एलआरटी)’ निर्माण गर्ने स्पष्ट प्राविधिक खाका र समयसीमा सन् २०४० तोकेको छ । काठमाडौँमा मेट्रो रेलको बहस चलेको एक दशकभन्दा बढी भइसकेको छ । यसअघि लगानी बोर्ड र रेल विभागले गरेका केही प्रारम्भिक अध्ययन कागजमै सीमित छन् । यो गुरुयोजना सफल हुनका लागि बल...
सुरेन्द्र पाण्डे,हृदयेश त्रिपाठी र दीपकुमार उपाध्याय मिलेर नयाँ नागरिक अभियान घोषणा गर्दै

सुरेन्द्र पाण्डे,हृदयेश त्रिपाठी र दीपकुमार उपाध्याय मिलेर नयाँ नागरिक अभियान घोषणा गर्दै

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९ असोज,काठमाडौं ।पूर्वमन्त्री सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी,दीपकुमार उपाध्यायलगायतले नयाँ नागरिक अभियान घोषणा गर्ने भएका छन् । आज सोमबार दिउँसो ३ बजे ललितपुरको पुल्चोकमा एक भेला आयोजना गरेका उनिहरुले उक्त अभियान गैरराजनीतिक र नागरिक समाजको पहलका रूपमा अघि बढाइने बताएका छन्। अभियानमा अरुणकुमार सुवेदी र सर्वेन्द्रनाथ शुक्लसमेत सहभागि रहेका छन् । समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुने हुने भनिएको सो अभियानमा चिकित्सक, इन्जिनियर, प्राध्यापक, पूर्वसचिव, पूर्वराजदूत तथा पत्रकारलगायतलाई समेट्ने तयारी उनीहरुको छ। तटस्थ र निष्पक्ष रूपमा नागरिकका विषयमा धारणा राख्ने स्वतन्त्र नागरिक संस्थाको आवश्यकता औंल्याइएको छ र  राजनीतिक क्षेत्रका केही व्यक्तिले सुरु गरे पनि यसको उद्देश्य राजनीतिक दल वा संगठन बनाउनु नभई नागरिक समाजलाई विस्तार गर्नु  रहेको बताइएको छ । करिब दुई महिनादेखि...
कांग्रेसको केन्द्रीय सदस्यमा डीपी कंडेलको उम्मेदवारी घोषणा

कांग्रेसको केन्द्रीय सदस्यमा डीपी कंडेलको उम्मेदवारी घोषणा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१९ असोज,काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी (डीपी) कंडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी नेपाली जनसम्पर्क समिति जापानका निवर्तमान सभापति तथा नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। कंडेलले प्रवासमा सिकेको ज्ञान, सीप र लगानीलाई नेपालसँग जोड्ने मुद्दालाई प्राथमिकतामा राखेका छन्। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान १० बजे केन्द्रीय समितिको बैठक बस्दैछ।केन्द्रीय समितिको बैठक सकिएलगत्तै बन्दसत्र सुरु हुनेछ।बन्दसत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रियाले गति लिनेछ। निर्वाचन समितिका अनुसार आजै साँझ ५ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। नामावली प्रकाशनसँगै दाबी विरोध र छानबिनको प्रक्रिया सुरु हुने बताइएको छ। काठमाडौंको खुलामञ्चमा आइतबार उद्घाटन भएको १५औं महाधिवेशन विगतका महाधिवेशनभन्दा फरक देखिएको छ। विशेषतः युवा प...
प्रधानमन्त्रीको सचिवालय २५ सदस्यीय,तीन जनालाई मन्त्री सरहको सुविधा (सूचीसहित)

प्रधानमन्त्रीको सचिवालय २५ सदस्यीय,तीन जनालाई मन्त्री सरहको सुविधा (सूचीसहित)

अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६ असोज,काठमाडौं ।प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत व्यक्तिहरूको नाम आफ्नो वेवसाइटमा सार्वजनिक गरेको छ।जसनुसार उक्त टोलीमा २५ पदाधिकारी छन्। कार्यालयका अनुसार प्रधानमन्त्रीको सल्लाहकार समूह तथा विज्ञ टोलीमा मन्त्री र राज्यमन्त्री सरहका विशिष्ट व्यक्तिहरू समेटिएका छन्। जसमा कुमार ब्यञ्जनकार अवैतानिक मुख्य राजनीतिक सल्लाहकारमा छन्।राजनीतिक सल्लाहकार असिम शाह छन्।मन्त्री सरह तलब सुविधा पाउने छन्। नीति,प्रशासन तथा सुशासन सल्लाहकार यसैगरी सुदिप ढकालले राज्यमन्त्री सरहको सेवा सुविधा पाइरहेका छन्। यस्तै सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्री सरहको सुविधा दिइएको छ।अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदिश प्रसाद अग्रवालको मन्त्री सरहको सेवा सुविधा  छ। सचिवालयको नेतृत्व मा प्रमुख स्वकीय सचिव (रा.प. वि...
निजामती कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न र प्रदर्शन तथा हडताल गर्न नपाउने

निजामती कर्मचारीले सामाजिक सञ्जालमा टिप्पणी गर्न र प्रदर्शन तथा हडताल गर्न नपाउने

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५ असोज, काठमाडौं ।सरकारले सङ्घीय निजामती सेवाका कर्मचारीहरूलाई सामाजिक सञ्जाल र विद्युतीय माध्यमको प्रयोगमा थप मर्यादित र अनुशासित बनाउने उद्देश्यका साथ नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ । विधेयकअनुसार कुनै पनि निजामती कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा दलका पदाधिकारीको पक्ष वा विपक्षमा टिप्पणी गर्न पाउने छैनन् । कर्मचारीको तटस्थता र व्यावसायिकता कायम राख्न यस्तो प्रावधान राखिएको विधेयकमा उल्लेख छ । यस्तै कर्मचारीहरूलाई सरकारी काममा बाधा पुग्ने गरी कुनै पनि प्रकारको आन्दोलन, प्रदर्शन वा हड्ताल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। विधेयकको दफा ८३ ले निजामती कर्मचारीलाई प्रदर्शन गर्न, बन्द हड्तालमा भाग लिन, थुनछेक गर्न, बाधा अवरोध गर्न र घेराउ गर्न स्पष्ट रूपमा रोक लगाएको छ। आफ्ना माग पूरा गराउन दबाब दिने, पेन डाउन गर्ने, तालाबन्दी गर्न...
राष्ट्र बैंकले यसपालि खुद्रा नोट वितरण नियमित गर्ने

राष्ट्र बैंकले यसपालि खुद्रा नोट वितरण नियमित गर्ने

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
१५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालि दशैंमा नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा सधैं उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले यसका लागि मिति निर्धारण नगर्ने जनाएको छ । ‘केन्द्रीय बैंकसँग पर्याप्त नोट छ, माग अनुसार सटही सुविधा हामी दिन्छौं,’ बैंकले भनेको छ।,‘नयाँले पुग्दासम्म नयाँ वितरण गर्छौं,त्यसले पनि पुगेन भने सुकिला नोट वितरण गर्ने योजनामा छौं ।’ बैंक भन्छ। बैंक तथा वित्तीय संस्थाले पनि पर्याप्त नयाँ र खुद्रा नोट लगिसकेको र उनीहरूले पनि आफ्ना ग्राहकलाई वितरण गरिरहेको जनाइएको छ । अहिले राष्ट्र बैंकमा नोट सटही लिन जानेले दुई बन्डलसम्म साट्न पाउँछन्।एक बन्डलमा ५, १०, २०, ५० र १०० दरका नोट सबैको १ सय थान हुन्छ ।...
लोडसेडिङ हुँदैन भनेर मात्र हुँदैन,विकल्पमा ठोस काम थाल्नुपर्छ कुलमान घिसिङ

लोडसेडिङ हुँदैन भनेर मात्र हुँदैन,विकल्पमा ठोस काम थाल्नुपर्छ कुलमान घिसिङ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४ असोज, काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी हुँदै भदौ १० गते आएको त्रिशूली बाढीबाट त्यहाँका जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न भएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा उनले बाढीले विद्युत्, सडक लगायतका अत्यावश्यक पूर्वाधारमा भएको क्षतिले अहिलेको सङ्कट मात्र नभएर आगामी दिनको ऊर्जा सुरक्षा र विकासको यात्रामाथि समेत गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेका छन् । ‘ त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरू, विद्युत् प्रसारण तथा वितरण संरचना र सडक पूर्वाधारमा भएको क्षति अत्यन्त गम्भीर छ’, घिसिङले भनेका छन्। ‘त्रिशूली नदी बेसिनको भौगोलिक तथा भौगर्भिक अवस्था र पछिल्लो प्राकृतिक विपद्ले यहाँका जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न गरेको छ ।’ उनले थपेका ...