विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजको लागि नियमावली ल्याउँदै शिक्षामन्त्रालय
१० जेठ, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियामावली ल्याउन लागेको बताएका छन्।
आइतबार एक कार्यक्रम मार्फत उनले विदेशी विश्वविद्यालयसम्वद्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नका लागि नियमावली ल्याउन लागेको जानकारी दिए ।
विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको हुनाले यसो गर्न लागिएको उनको भनाइ छ ।
विदेशी विश्वविद्यालयसम्वद्ध कलेजलाई कुन आधारमा सम्बन्धन दिने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय नियमावलीमार्फत स्पष्ट पार्ने उनको भनाइ छ ।
उनका अनुसार शिक्षा मन्त्रालयले हाल तीन वटा नियमावली एकसाथ अघि बढाइरहेको छ । त्यसमध्ये शिक्षा नियमावली, शैक्षिक परामर्श संस्था नियमनसम्बन्धी नियमावली तथा विदेशी विश्वविद्यालयसम्वद्ध कलेज नियमनसम्...








