
१९ असोज,काठमाडौं ।पूर्वमन्त्री सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी,दीपकुमार उपाध्यायलगायतले नयाँ नागरिक अभियान घोषणा गर्ने भएका छन् ।
आज सोमबार दिउँसो ३ बजे ललितपुरको पुल्चोकमा एक भेला आयोजना गरेका उनिहरुले उक्त अभियान गैरराजनीतिक र नागरिक समाजको पहलका रूपमा अघि बढाइने बताएका छन्।
अभियानमा अरुणकुमार सुवेदी र सर्वेन्द्रनाथ शुक्लसमेत सहभागि रहेका छन् ।
समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुने हुने भनिएको सो अभियानमा चिकित्सक, इन्जिनियर, प्राध्यापक, पूर्वसचिव, पूर्वराजदूत तथा पत्रकारलगायतलाई समेट्ने तयारी उनीहरुको छ।
तटस्थ र निष्पक्ष रूपमा नागरिकका विषयमा धारणा राख्ने स्वतन्त्र नागरिक संस्थाको आवश्यकता औंल्याइएको छ र राजनीतिक क्षेत्रका केही व्यक्तिले सुरु गरे पनि यसको उद्देश्य राजनीतिक दल वा संगठन बनाउनु नभई नागरिक समाजलाई विस्तार गर्नु रहेको बताइएको छ ।
करिब दुई महिनादेखि विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गरि आज सो भेला आयोजना गरेको उनीहरुको स्पष्टोक्ति छ ।
अभियानले सरकार तथा राजनीतिक दललाई विभिन्न सार्वजनिक विषयमा खबरदारी गर्ने र नागरिकका सरोकारलाई निष्पक्ष रुपम उजागर गर्ने उद्देश्य राखेको छ ।
