
४ असार, काठमाडौं । देशकै पुरानो आयुर्वेद औषधि उत्पादक संस्था सिंहदरबार वैद्यखाना पुनः प्रभावशाली बन्दै छ ।
वषौंदेखि अस्तित्वको लडाइँ लड्दै गरेको यो आयुर्वेद औषधालयमा औषधी उत्पादन र प्याकेजींग भइरहेको छ । यतिवेला वैद्यखानाका निर्देशक डा. प्रदीप केसी छन् ।
योसँगै उनको नेतृत्वले सो कम्पनीलाई पुनःजीवित गराएको छ ।संस्थागत संरचना, निर्णय प्रक्रिया र व्यवस्थापनका कमजोरी,नेतृत्व स्थायित्वको अभाव,राजनीतिक हस्तक्षेप र अधिकारहीन व्यवस्थापनले यसमा चुनौती थपेको निर्देशक डा. केसीको ठहर छ ।
उनका अनुसार वैद्यखानाको पुनर्जागरणको एउटा महत्वपूर्ण मोड कोशी प्रदेशसँगको सरकारी–सरकारी (जीटुजी) सम्झौता पनि हो ।प्रदेशका स्वास्थ्य संस्थालाई आवश्यक आयुर्वेदिक औषधि उपलब्ध गराउने जिम्मेवारी पाएपछि संस्थाले आफ्नो उत्पादन क्षमता प्रमाणित गर्ने अवसर पायो ।
