आज यस्तो छ तरकारी र फलफूलको थोक मूल्य

२८ असार, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ४५,गोलभेँडा सानो लोकल प्रतिकिलो १२, गोलभेँडा सानो टनेल प्रतिकिलो २२,आलु रातो लाम्चो प्रतिकिलो ४६,आलु रातो गोलो प्रतिकिलो ४३, आलु रातो मुढे प्रतिकिलो ४४,आलु रातो भारतीय प्रतिकिलो ३२ रहेको छ ।

यस्तै सेतो आलु प्रतिकेजी ३२,प्याज सुकेको भारतीय प्रतिकिलो ५५ रहेको छ । गाजर लोकल प्रतिकिलो ११०, गाजर तराई प्रतिकिलो १००, बन्दा लोकल प्रतिकिलो ४०,काउली स्थानीय प्रतिकिलो ९०, रातो मूला प्रतिकिलो ३५, सेतो मूला हाइब्रिड प्रतिकिलो ३०,भन्टा लाम्चो प्रतिकिलो २५ र भन्टा डल्लो प्रतिकिलो ४० कायम भएको जनाइएको छ ।

यसैगरि बोडी तने प्रतिकिलो ४०, मकै बोडी प्रतिकिलो ५०, घिउ सिमी ९लोकल० प्रतिकिलो ६०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ६०, घिउ सिमी ९राजमा० प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो १२०, तीते करेला प्रतिकिलो ३०, लौका प्रतिकिलो ३५, परवर ९लोकल० प्रतिकिलो ४०, परवर तराई प्रतिकिलो ४०, चिचिण्डो प्रतिकिलो ३०, घिरौँला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ५०, फर्सी पाकेको प्रतिकिलो ६०, फर्सी हरियो लाम्चो प्रतिकिलो ९०, हरियो फर्सी डल्लो प्रतिकिलो २५, भिन्डी प्रतिकिलो ४०, सखरखण्ड प्रतिकिलो १२० र पिँडालु प्रतिकिलो १०० तोकिएको छ । भने ,इस्कुस प्रतिकिलो ५० कायम भएको छ ।

त्यस्तै रायोसाग प्रतिकिलो ४०, पालुङ्गो प्रतिकिलो ६०, चमसुरको साग प्रतिकिलो ६०, तोरीको साग प्रतिकिलो ५०, प्याज हरियो १००, च्याउ कन्य प्रतिकिलो २८०, च्याउ डल्ले प्रतिकिलो ४००, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो ३००, निगुरो प्रतिकेजी १००, ब्रोकाउली प्रतिकिलो १००, चुकन्दर प्रतिकेजी ७०, रातो बन्दा प्रतिकिलो ७०, जिरीको साग प्रतिकिलो ९०, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ३५०, सौफको साग प्रतिकिलो ६०, पुदिना प्रतिकिलो २००, गान्टेमूला प्रतिकिलो ६०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १५०, तोफु प्रतिकिलो १६० र गुन्द्रुक प्रतिकिलो ३५० तोकिएको छ ।

स्याउ फुजी प्रतिकिलो ३००, केरा नेपाली दर्जन २५०, केरा ९मालभोग० २००, कागती प्रतिकिलो १७०, अनार प्रतिकिलो ५००, आँप ९मालदह० प्रतिकिलो १५०, आँप ९दशहरी० प्रतिकिलो १६०, तरबुजा हरियो प्रतिकिलो ७०, जुनार प्रतिकिलो ३००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो ९लोकल० प्रतिकिलो ८०, काँक्रो हाइब्रिड प्रतिकिलो ३०, काँक्रो लोकलक्रस प्रतिकिलो ६०, रूखकटहर प्रतिकिलो ५०, मेवा ९नेपाली० प्रतिकिलो ९०, मेवा ९भारतीय० प्रतिकिलो १२०, नरिवल ९काँचो० प्रतिकिलो ७० र नरिवल हरियो प्रतिकिलो १७० तोकिएको छ ।

अदुवा प्रतिकिलो २००, सुकेको खुर्सानी प्रतिकिलो ५००, खुर्सानी हरियो ९लाम्चो० प्रतिकिलो ५०, खुर्सानी हरियो बुलेट प्रतिकिलो ४०, माछे खुर्सानी प्रतिकिलो ५०, खुर्सानी भेडे प्रतिकिलो ७०, अकबरे प्रतिकिलो २५०, हरियो लसुन प्रतिकिलो १००, हरियो धनियाँ प्रतिकिलो २००, लसुन सुकेको चाइनिज प्रतिकिलो २००, लसुन सुकेको नेपाली प्रतिकिलो १८०, छ्यापी सुकेको प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा ९रहु० प्रतिकिलो ३४०, ताजा माछा ९बचुवा० प्रतिकिलो ३०० र ताजा माछा छडी प्रतिकिलो ३०० निर्धारण भएको छ ।