ओभरलोड बोक्ने ट्रकमाथि निगरानी र जरिवाना

२८ असार, धनगढी । कैलालीमा मालबाहक सामान ल्याएर विभिन्न ठाउँबाट आउने ट्रकहरुले क्षमताभन्दा बढी सामान ल्याउन थालेपछि निगरानी बढाइएको छ ।

सेती महाकाली ट्रक व्यवसायी संघमा आवद्ध व्यवसायी र ट्राफिक प्रहरीले ओभरलोड बोक्ने ट्रकहरुमाथि निगरानी बढाउँदै कारबाहीको दायरामा ल्याउन थालेका छन् ।

विगतमा ट्राफिक प्रहरी र ट्रक व्यवसायीका प्रतिनिधि समेतको सहभागितामा ओभरलोड नियन्त्रण गर्न संयुक्त चेकजाँच हुने गरेको थियो तर पछिल्लो समय ट्राफिक प्रहरीले संयुक्त चेकजाँचलाई हटाएको छ । त्यसपछि ओभरलोड बोक्ने क्रम बढेको व्यवसायीहरुको भनाइ छ ।

केही दिनअघि भैरवाहबाट कृषि सामग्री कम्पनी लिमिटेड धनगढीको मल लिएर आएका दुईवटा ट्रकले ओभरलोड बोकेर ल्याएको पाएपछि कृषि सामग्री कम्पनीकै कार्यालयबाट नियन्त्रणमा लिइएको थियो ।

रुटपरमिट र जाँचपास समेत नगरेका ट्रकले भार क्षमताको १० : १० टन बढी सामन लोडल गरेर धनगढी ल्याएका थिए।

उनीहरुलाई यातायातले ५÷५ हजार जरिवाना तिराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । र , ओभरलोड बोक्नेहरुलाई कारवाहीको दायरामा ल्याउने बताइएको ।

शनिबार मात्र दाङबाट क्षमताभन्दा बढी सिमेन्ट ल्याएर धनगढी आउने ट्रकले ओभरलोड बोकेको पाइएपछि सामान अनलोड गराएर कारबाही गरिएको छ ।

ओभरलोडकका कारण दुुर्घटनाको जोखिमको अतिरिक्त सडक र पुलको क्षमताले नधान्ने हुँदा थप दुुर्घटना हुने सम्भावना बढि रहन्छ । त्यसकारण पनि ओभरलोड बोक्ने सवारीसाधनमाथि निगरानी बढाउँदै नियन्त्रण गर्नु जरुरी रहेको छ प्रहरीले बताएको छ ।