कास्कीमा बाढीले पुल र होटल बगाउँदा पदमार्ग र सडक ठप्प

२९ असार, काठमाडौं। अविरल वर्षासंगै आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउली बजारमा रहेको दीलिप गुरुङको घर र होटल बगाएको छ।

स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताएका छन्। उनका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रुपमा बन्द भएको छ।

यसैगरी बाढीले किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल समेत बगाएको छ।