मौसम पूर्वानुमान :आज यी ठाउँमा वर्षाको सम्भावना

२८ असार,काठमाडौं । आज देशभर अधिकांश बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका हिमाली भू–भागका केही स्थानमा  आज मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षासहित हिमपातको सम्भावना छ ।

पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी,बागमती,गण्डकी तथा मधेश प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

मधेश प्रदेशसहित कोशी,बागमती,गण्डकी,लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ ।