
३० असार,काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य अत्याधिक घटेको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार मंगलबार सबै प्रकारका गोलभेँडाको मूल्यमा कमी आएको हो ।
तथ्यांकअनुसार सानो लोकल गोलभेँडा प्रतिकिलो ६ रुपैयाँमा झरेको छ । सोमबार प्रतिकिलो थोकमा ८ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै नेपाली ठूलो गोलभेँडा मंगलबार प्रतिकिलो थोकमा औसत ३३ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो प्रतिकिलो ४० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी टनेलको गोलभेँडाको मूल्य पनि घटेको छ । हिजो सोमबार प्रतिकिलो १४ रुपैयाँमा किनबेच भएको उक्त गोलभेँडा आज प्रतिकिलो १३ रुपैयाँ कायम भएको जनाइएको छ ।
