
८ भदौ,काठमाडौं ।पोल्ट्री व्यवसायीहरु आन्दोलित भएका छन् ।बिचौलियाको जालो तोड्न आवश्यक रहेको भन्दै उनीहरुले आन्दोलन गरेका छन् ।
बिचौलियाहरुका कारण साना किसान मर्कामा परको भन्दै देशका विभिन्न स्थानबाट सोमबार काठमाडौं आएर किसानले माइतिघर मण्डलमा प्रदर्शन गरेका हुन्।
किसान र उपभोक्तालाई सिधैं जोड्नु पर्ने र बिचौलियाको जालो तोड्नु पर्ने सरकारसँग साना किसानको माग छ ।
साथै पोल्ट्रीमा ग्रेडिङ प्रणाली बन्द गर्नुपर्ने, भारतीय कुखुरा तस्करी बन्द गर्नुपर्ने,दाना र चल्लाको मूल्य पारदर्शी हुनुपर्ने,वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने,दाना र चल्लाको गुनस्तरीयता सुनिश्चिता गर्नुपर्ने लगायतका मागसमेत राखेका छन् ।
लगानीको ग्यारेन्टी गर्न पनि किसानको माग छ ।
