मौद्रिक नीति हरेक साउन १ गते ल्याउनु पर्ने नियम

८ भदौ, काठमाडौं ।नेपाल राष्ट्र बैंकले हरेक आर्थिक वर्षको पहिलो दिन अनिवार्य रुपमा मौद्रिक नीति ल्याउनु पर्ने नियम बनाएको छ ।

नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा सो अनुसार नीति ल्याउने मिति तोकिएको छ।

सोमबार संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकले साउन १ गते मौद्रिक नीति ल्याउने व्यवस्था गर्ने निर्णय गरेको सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए ।