कानुन

सुरक्षण मुद्रणका तत्कालिन निर्देशक विरुद्ध अर्काे भ्रष्टाचार मुद्दा

सुरक्षण मुद्रणका तत्कालिन निर्देशक विरुद्ध अर्काे भ्रष्टाचार मुद्दा

कानुन, समाचार
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्काे भ्रष्टाचार मुद्दा दायर गरेको छ । आम्दानीको तुलनामा उनीसँग निकै अस्वभाविक रकम देखिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको देखिएको अख्तियारको दावी छ । अख्तियारले पौडेलमाथि ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग पनि लगाएको छ । सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै मंगलबार मात्रै विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनीमाथि २५ करोड ४७ लाख विगो असुल्नुपर्ने र त्यति नै रकम जरिवाना गर्नुपर्ने फैसला गरेको थियो । विकल पौडेल विरुद्धका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । अख्तियारले उनीमाथि झुटा विवरण पेश गरी सरकारी पदमा पुगेको र सुरक्...
कोशी र गण्डकी प्रदेश सरकारबारे निर्णय गर्दै सर्वाेच्च अदालत

कोशी र गण्डकी प्रदेश सरकारबारे निर्णय गर्दै सर्वाेच्च अदालत

कानुन, राजनीति, समाचार
काठमाडौं । सर्वाेच्च अदालतमा आज कोशी र गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिट माथि सुुनुवाई हुँदैछ । हाल दुवै प्रदेशमा संयोगले नेकपा एमालेका मुख्यमन्त्री रहेका छन् । कोशी प्रदेशमा हिक्मतबहादुर कार्की मुख्यमन्त्री छन् भने गण्डकीमा खगराज अधिकारी रहेका छन् । उनीहरु दुवै विरुद्ध नेपाली कांग्रेसले मुद्दा दायर गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्ध केदार कार्कीले रिट दायर गरेका हुन् भने गण्डकी प्रदेशका अधिकारी विरुद्ध सुरेन्द्र पाण्डेले रिट दायर गरेका हुन् । गण्डकी प्रदेशको रिटमा मंगलवारदेखि नै सुनुवाइ सुरु भएको थियो । यस्तै, कोशीको भने आजदेखि सुनुवाइ हुँदै छ । गण्डकीको रिट न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको छ भने कोशीमा तोकिन बाँकी नै छ।...

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जि जारी

कानुन, समाचार
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न धनुसा जिल्ला अदालतबाट अनुमति लिएको हो । अदालतले उनलाई पक्राउ गर्न चित्रबहादुर गुरुङको २ नम्बर इजलासले आज अनुमति दिएको हो । उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ । सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियो । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।...