कानुन

मुख्य सचिवमा स्याङ्जाको पुतलिबजारका एकनारायण अर्याल नियुक्त

मुख्य सचिवमा स्याङ्जाको पुतलिबजारका एकनारायण अर्याल नियुक्त

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
१४ भदौ,काठमाडौं ।सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण आज शुक्रबार अवकाश पाउँदैछिन् ।गड्तौलाले आज नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर सिंहदरबारबाट बिदा हुदैछिन् । २०२४ मंसिर १० मा स्याङ्जाको पुतलिबजारमा जन्मिएका अर्याल मुख्यसचिव नियुक्त भएको अवस्थामा ५८ वर्षे सेवा अवधिका कारण बढीमा एक वर्षसम्म मुख्यसचिवको जिम्मेवारीमा रहनेछन् । अर्याल मुख्यसचिव नियुक्त नभएको भए ५ वर्षे सचिवको कार्यकालबाट ६ महिनापछि आगामी फागुन १८ गते अनिवार्य अवकाशमा जाने थिए । अर्यालले मुख्यसचिवको जिम्मेवारी १५ महिना पुरा गरेर आगामी २०८२ मंसिर २४ गते अनिवार्य अवकाश पाउनेछन् अर्यालले रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान एवम...
पत्रकार श्रेष्ठलाई धम्की दिएका व्यक्ति पक्राउ,एक महिलाको चरित्रहत्या आरोपमा धम्की

पत्रकार श्रेष्ठलाई धम्की दिएका व्यक्ति पक्राउ,एक महिलाको चरित्रहत्या आरोपमा धम्की

अपराध, कानुन, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।आफूलाई नेत्रविप्लव चन्द विप्लवका समुहको कार्यकर्ता भनेर चिनाउँदै पत्रकार किशोर श्रेष्ठलाई धम्काएका कपिल सि (सिजापति)लाई प्रहरीले पक्राउ गरेको छ । जनआस्था साप्ताहिकका संस्थापक तथा प्रधान सम्पादक श्रेष्ठलाई भद्दा गाली गलौजसहित ज्यान मार्ने धम्की दिएका उनलाई प्रहरीले बिजुलीबजारबाट पक्राउ गरेको हो। सो पत्रिकाको अनलाईन भर्जनमा प्रसारण गरिएको एक अडियोका अनुसार प्रधान सम्पादक श्रेष्ठ र एक युवकबीच संवाद भएको सुन्न सकिन्छ ।अडियोमा ती युवकले आफूलाई विप्लवनिकट विद्यार्थी संगठनको बुद्धनगरस्थित कार्यालयबाट बोलेको बताएका छन् । युवकले श्रेष्ठमाथि एक महिलाको चरित्रहत्या गरेको विषयमा आफ्नो कार्यालयमा उजुरी परेको भन्दै छलफलका लागि आउन भनेका छन् ।श्रेष्ठले उजुरीको विषयमा जिज्ञासा राखेका छन् । उनी भन्छन्, ‘तपाईं विप्लव र उहाँको कार्यकर्ताका विषयमा जानकार नै हुनुहुन्छ।हामीसँग ३८÷३९ वटा म...
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो । योसँगै अब उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।५८ वर्षे उमेर हदका कारण गड्तौला आगामी १५ भदौमा अवकाश हुनेछिन् ।तर,त्यसभन्दा अघि करिब ३५ दिन उनले मुख्यसचिवका रुपमा कार्यभार सम्हाल्नेछिन्। सरकारले लामो अवधिका लागि सरकार अनुकुलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो। ३१ असारमा बसेको  ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो।प्रधानमन्त्री ओलीको प्रस्तावमा कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई अहिले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय भएबमोजिम नियुक्त गरिएको स्रोतले जनाएको छ...

स्मार्ट युवा गृहमन्त्रीको स्मार्ट काम : क्युआर कोडबाटै गुनासो संकलन

कानुन, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीको गुनासो सुन्नको लागि ‘क्युआर कोड’उपलब्ध गराएका छन् । यसबाट अब सेवाग्राहीले जुनसुकै ठाउँबाट पनि गृहमन्त्री वा गृहमन्त्रालयसमक्ष गुनासो पु¥याउन सक्ने छन् ।गृह मन्त्रालय मातहतका कार्यालयमा राखिने ‘क्युआर कोड’ स्क्यान गरेर सेवाग्राहीले आफ्नो गुनासो राख्न पाउने प्रणाली विकास भएसँगै सेवाग्राहीलाई यो सुविधा प्राप्त भएको हो। बिहिबार मन्त्रालय समालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो बारे जानकारी गराएका  हुन् । मातहतका निकायहरूमा समेत ‘गृहमन्त्रीलाई भन्नुहोस्’ भन्ने सूचना सहितको क्युआर राखिने उनको भनाई छ । यस्तो प्रावधानसँगै देशभरि क्युआर कोड स्क्यान गरेर गृहमन्त्रीलाई भन्नुहोस् भन्ने सूचना सहितको क्युआर मार्फत अब गुनासो लिएर गृहमन्त्रालय धाइरहन नपर्ने भएको छ।  ...
घुससहित कपिलवस्तु नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद पक्राउ

घुससहित कपिलवस्तु नापी कार्यालयका सर्वेक्षक बेचनप्रसाद पक्राउ

अर्थतन्त्र, कानुन, ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौं ।३५ हजार रुपैयाँ घुससहित कपिलवस्तु नापी कार्यालय,चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता पक्राउ परेका छन्। जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवलबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो। अख्तियारले गुप्ताको साथबाट सेवाग्राहीबाट लिएको ३५ हजार र स्रोत नखुलेको ५० हजार रुपैयाँ बरामद गरेको छ।उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।    ...
गोदावरीका मेयर महर्जनसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

गोदावरीका मेयर महर्जनसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

कानुन, ताजा अपडेट, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए। उनीहरूविरूद्ध भ्रष्टाचारसम्बन्धी पाँच वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएका हुन्। गोदावरीको ढुं‌गा–गिट्टी बिक्री वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको उनीहरूमाथि आरोप छ।  ...

आपराधिक विश्वासघातको कसुरमा निर्देशक थापा पक्राउ

कानुन, मनोरन्जन, समाचार
काठमाडौं । आपराधिक विश्वासघातको आरोपमा चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । एक प्रहरी उच्च अधिकारीका अनुसार उनलाई काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको हो । उनीविरुद्ध निर्माता सुदर्शन बस्नेतले उजुरी दिएका थिए । आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।...
सर्वाेच्चले भन्यो, ‘वक्यौता भएको राजस्व तिर्ने जिम्मा व्यवसायीकै’

सर्वाेच्चले भन्यो, ‘वक्यौता भएको राजस्व तिर्ने जिम्मा व्यवसायीकै’

कानुन, समाचार
काठमाडौं । भन्सार कार्यालयबाट त्रुटिपूर्ण रूपमा कम राजस्व तिरेर सामान आयात भएको भए बाँकी रहेको कर तिर्नुपर्ने दायित्व सम्बन्धित व्यवसायीकै हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ । लेखापरीक्षणबाट बेरुजु देखिएको भन्सार राजस्व तिर्नुपर्ने दायित्व कसको हुने भनी सुरु भएको विवादको निरूपण गर्दै सर्वोच्च अदालतले सम्बन्धित कर अधिकृतले उद्योगी–व्यवसायीबाट कर असुल्नुपर्ने भनी व्याख्या गरेको हो । तीन सदस्यीय पूर्ण इजलासले त्यसरी कर असुल्दा सम्बन्धित व्यवसायीरउद्योगीलाई आफ्नो भनाइ राख्ने मौका दिनुपर्ने औंल्याएको हो । सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘कुनै मालवस्तुको पैठारी गर्दा कर तिर्ने दायित्व पैठारीकर्तामा नै रहने भएकाले लेखापरीक्षणमा बेरुजु जनिएपश्चात उक्त बेरुजु तिर्ने बुझाउने दायित्व पैठारीकर्तामा नै रहने देखिन्छ ।’...
घुस लिइरहेको अवस्थामा एकजना पक्राउ

घुस लिइरहेको अवस्थामा एकजना पक्राउ

कानुन, समाचार
काठमाडौँ । चन्द्रागिरीबाट चार लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजनालाई पक्राउ गरेको छ । घुस लिइरहेको अवस्थामा सो नगरपालिका वडा नंवर २ मा बस्ने ध्रुबबहादुर बस्नेत रहेको अख्तियारले जनाएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का अध्यक्षका भाइ कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा पाइएको बताइएको छ । आरोपीले सेवाग्राहीबाट लिइसकेको अवस्थामा २ लाख नगद र २ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनाका लागि वडा अध्यक्षको निर्देशनमा बिचौलिया बनेर कडायले घुस लिएका हुन् । चेक कडायतकै नाममा काटेको भेटिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ स्थित नगरपालिकाको कार्यालयको गेटबाट अख्तियारको टोलीले उनलाई पक्राउ गरेर अनु...
महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने

महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने

कानुन, ब्यानर-१, समाचार
काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने भएको छ । गृहमन्त्री रवि लामिछानेलाई सहकारी प्रकरणमा ‘क्लिनचिट’ दिने गरी कार्यालयले लेखेको पत्रविरुद्ध रिट दायर हुने भएको हो । अधिवक्ता अनुपम भट्टराईलाई रिट दर्ता गर्ने बाटो खुलेको हो । यसअघि सर्वोच्चले उक्त पत्र विरुद्ध भट्टराईले नै पेश गरेको रिट दरपिठ हुने आदेश गरेको थियो । उक्त आदेशविरुद्ध उनले इजलासमा निवेदन दिएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बुधबार सर्वोच्च प्रशासनलाई रिट निवेदन दर्ता गर्न आदेश गरेको हो । न्यायाधीश ढुङ्गानाको एकल इजलासले यसअघि दरपिठ गर्ने निर्णय मिलेको नदेखिएको भन्दै दर्ताका लागि आदेश दिएपछि उक्त पत्रको न्यायिक परीक्षण हुने भएको छ। महान्यायाधिवक्ता कार्यालयले वैशाख २४ गते गृहमन्त्री लामिछानेको सहकारी ठगी सम्बन्धमा कुनै पनि कार्यालयमा अनुसन्धान÷अभियोजन र...