
काठमाडौं । लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त भएकी छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
योसँगै अब उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् ।५८ वर्षे उमेर हदका कारण गड्तौला आगामी १५ भदौमा अवकाश हुनेछिन् ।तर,त्यसभन्दा अघि करिब ३५ दिन उनले मुख्यसचिवका रुपमा कार्यभार सम्हाल्नेछिन्।
सरकारले लामो अवधिका लागि सरकार अनुकुलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो।
३१ असारमा बसेको ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो।प्रधानमन्त्री ओलीको प्रस्तावमा कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई अहिले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय भएबमोजिम नियुक्त गरिएको स्रोतले जनाएको छ ।
