प्रधानमन्त्री ओली र डा.सन्दुक रुइतबीच भेटवार्ता

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली र आँखासम्बन्धी रोगका वरिष्ठ चिकित्सक डा.सन्दुक रुइतबिच भेटवार्ता भएको छ।

बिहीबार भएको भेटवार्तामा उनीहरुबीच आँखालगायत समग्र स्वास्थ्य क्षेत्रको सुधारका विषयमा छलफल भएको हो।प्रसिद्ध रमन म्यागासासे पुरस्कारप्राप्त डा.रुइतसँगको भेटबारे प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, “बाहिर झमझम पानी परिरहेको थियो । भेटको मेरो प्राथमिकतामा रहनुभएका डा सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो ।’

‘आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा के–के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनेँ । आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको उहाँको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भयो ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल उल्लेख गरेका छन् ।