Author: सगरमाथा प्रेस

किमाथाङ्का राष्ट्रिय महत्वको नाका : मन्त्री खड्का

किमाथाङ्का राष्ट्रिय महत्वको नाका : मन्त्री खड्का

ताजा अपडेट, राजनीति, समाचार
३, साउन खाँदबारी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथाङ्का राष्ट्रिय महत्वको नाका भएको बताएका छन् । यो नाका वर्षभरि सञ्चालन गर्न सकिने भएकाले सरकारले पनि विशेष प्राथमिकता दिएको उनको भनाइ थियो । सङ्खुवासभाको चैनपुरमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गर्दै मन्त्री खड्काले चीन सरकारले पनि किमाथाङ्का नाकामा विशेष चासो देखाएको उल्लेख गरे । ‘सडक सञ्जाल जोडिएसँगै यो नाका पूर्ण रूपमा सञ्चालनमा आउनेछ’, उनले भने, ‘त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउन यो नाकाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’ मन्त्री खड्काले जिल्लामा भारतीय लगानीका ठूला जलविद्युत् आयोजना पनि सञ्चालनमा रहेको उल्लेख गर्दै दुवै छिमेकी मुलुकसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिए । मन्त्री खड्काले चैनपुरको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले पानीको स्रोतहरूको दिगो उपयोग गर...
बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
३, साउन बागमती । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत अर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारले आव २०८१/८२ मा राजस्व बाँडफाँट शीर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट संकलित राजस्व र संघीय सरकारबाट प्राप्त अनुदान समेतबाट रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार राजस्व संकलन हुने अनुमान गरिएकोमा ती सबै शीर्षकबाट रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सन्ज्यालले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले सो आवमा राजस्व बाँडफाँटबाट रु २९ अर्ब ५५ करोड ८९ लाख राजस्व संकलन हुने लक्ष्य लिएकोमा ...
हल गोरु पाल्ने २७५ किसानले पाए अनुदान

हल गोरु पाल्ने २७५ किसानले पाए अनुदान

ताजा अपडेट, वातावरण, समाचार
३, साउन तनहुँ। जिल्लाको म्याग्दे गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ मा हल गोरु पाल्ने २७५ कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको छ । पछिल्लो समय गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रतिहलगोरुलाई रु .चार हजारका दरले कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो । कृषकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम राखिएको गाउँपालिकाका पशु सेवा उपशाखाका पशु विकास अधिकृत मुक्ति राम पौडेलले जानकारी दिए । उनले भने, “गाउँपालिका मातहत रहेका सात वटा वडा कार्यालयमध्ये यस गत आवमा १ देखि ४ नम्बर वडाका उक्त सङ्ख्याका हलगोरु पाल्ने कृषकलाई अनुदान दिएका हौँ, अनुदानमा रु ११ लाख खर्च भएको छ ।” उनका अनुसार आव २०८२/८३ का लागि ५ देखि ७ नम्बर गरी तीन वडाका कम्तीमा ४०० हलगोरु पाल्ने कृषकलाई अनुदान दिइने योजना रहेकाले सोहीअनुरूप बजेट समेत विनियोजन गरिएको छ । गाउँपालिकाले सातवटै वडाका कृषकलाई प्रोत्साहनस्वरूप अनुदान दिँदै...
अमेरिकामा भएको विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपालको सम्बोधन

अमेरिकामा भएको विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपालको सम्बोधन

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
३, साउन काठमाडौं । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनको प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष डा सितलकाजी श्रेष्ठले सम्बोधन गरे । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा जुलाई १८ मा भएको उक्त महासभामा डा श्रेष्ठबाट सार्क भेटेरिनरी एसोसिएसनको पनि प्रतिनिधित्व भएको थियो । महासभामा सम्बोधन गर्दै डा .श्रेष्ठले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरू सँग सहकार्यको आह्वान समेत गरे । साथै विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि खालको कार्यक्रम नेपालले आयोजना गर्न सदैव तयार रहेको कुरा पनि उल्लेख गरे । सम्बोधनकै क्रममा डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै विश्व भेटेरिनरी एसोसिएसनको सदस्यता लिने प्रतिबद्धता समेत व्यक्त गरे । डा श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिव समेत हुन् । जु...
चौसठ्ठी हजारले लिए काठमाडौँ महानगरबाट निःशुल्क कानुनी  सेवा

चौसठ्ठी हजारले लिए काठमाडौँ महानगरबाट निःशुल्क कानुनी सेवा

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३,साउन काठमाडौं । काठमाडौँ महानगरपालिकाबाट निःशुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ । विसं २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त सेवा लिनेको सङ्ख्या हालसम्म ६४ हजार पुगेको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए । उपप्रमुख डङ्गोलका अनुसार उक्त सेवा प्रदान गर्नुअघि कानुनी सेवा लिने अत्यन्तै कमी थिए । कानुनी प्रक्रियामा जानकै लागि झन्झटिलो खर्च लाग्ने भएपछि नागरिकहरू सेवा दिनबाट वञ्चित हुनुपरेको थियो । अहिले निःशुल्क प्रदान गरिने सेवा लिन वडा कार्यालयमा भीड हुने गरेको छ । उनले भने, “लिखतको ढाँचा, त्यसमा प्रयोग हुने शब्द, भाषा, वाक्य र ब्यहोरा शिष्ट, सभ्य, मर्यादित र कानुनमा तोकेबमोजिम बनाउनुपर्ने सहजकर्ताको मुख्य काम हो । कानुनी लिखतहरूको मस्यौदा गर्दा सेवाग्राहीसँग रहेको कागज प्रमाण, उनले व्यक्त गरेको तथ्यगत व्यहोरा र...
एमाले पोलिटब्युरो बैठक बस्दै, विधान मस्यौदामाथि छलफल हुने

एमाले पोलिटब्युरो बैठक बस्दै, विधान मस्यौदामाथि छलफल हुने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३, साउन काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ । शुक्रबार सात जनाले मस्यौदामाथि धारणा राखेका थिए । किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राखेका थिए । बाँकीले आजको बैठकमा धारणा राख्नेछन् । बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले पनि प्रवेश पाएको छ । सदस्यहरुले भण्डारीको राजनीतिमा फर्किने निर्णय, ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्थालगायतका विषयमाथि धारणा राख्नेछन् ।...
चितवनको देवघाटमा साउने मेला, भक्तजनको भीड

चितवनको देवघाटमा साउने मेला, भक्तजनको भीड

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१, साउन चितवन । देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ । मेला भर्न बिहानैदेखि भक्तजनको भीड लागेको छ । आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको छ । भक्तहरू देवघाटमा स्नान गरी शिवालयमा जल चढाउने तथा शिवको आराधना गर्ने गर्छन् । साउन महिनालाई शिवको प्रिय महिना मानिन्छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार साउनमा करिब पाँच लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ । सोमबार अधिक भक्तजन आउने अपेक्षा छ । भक्तजनको भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । साउन महिनामा स्नान गरी व्रत बसेर देवघाटको जल र बेलपत्रले शिवको पूजा आराधना गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ ।...
रास्वपाको नामबाट ‘स्वतन्त्र’शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

रास्वपाको नामबाट ‘स्वतन्त्र’शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१,साउन काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । आफूलाई अभियन्ताका रूपमा चिनाउँदै आएका युवराज सफलले रास्वपाको नाममा परेको स्वतन्त्र शब्द हटाउन माग गर्दै आयोगमा उजुरी दिएका हुन् ।सफलले ‘स्वतन्त्र’ शब्द जोड्नुले स्वतन्त्र उम्मेदवारहरूको पहिचान र अधिकारमाथि प्रहार भएको तर्क गरेका छन् । कुनै पनि राजनीतिक दल निश्चित विचार, सिद्धान्त र कार्यक्रममा आधारित हुन्छ । तसर्थ, दल आफैँमा स्वतन्त्र हुन सक्दैन । यो शब्दले आम मतदातामा भ्रम छरेको छ र स्वतन्त्र उम्मेदवारहरूको हक खोसेको छ,’ निवेदनमा भनिएको छ । यस्तै, निवेदनमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ प्रति पनि गम्भीर आपत्ति जनाइएको छ। ‘घण्टी’ नेपालका बहुसङ्ख्यक हिन्दु धर्मावलम्बीहरूको आस्था र विश्वाससँग जोडिएको धार्मिक प्रतीक भएकाले यसलाई राजनीतिक दलको चुनाव चिह्न बनाउन...
स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो ; प्रधानमन्त्री

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो ; प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९,असार काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ । प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे बताए । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा समेत गरेका हुन् । उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निस्शुल्क अनलाइन कक्षा सञ्चालन गरेपछि यस वर्ष एसइइमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए । आफ्नो स्पेन भ्रमण सफल भ...
उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान

उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
२९, असार काठमाडौं । ढुकुरलाई प्रेमको प्रतीक मानिन्छ । प्रेमको प्रतीक मानिने ढुकुरको नाम जोडेर मोरङको सुन्दहरैँचा नगरपालिकाले उत्कृष्ट १२ दम्पतीलाई १० हजार नगदसहित ‘ढुकुर जोडी’ सम्मान गरेको छ । नगरपालिकाले बिहे गरेको १० वर्ष भएको र परिवारसँगै समाजमा पनि मिलेर बसेका उत्कृष्ट १२ दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान गरेको हो । आइतबार पालिकाले हरेक वडाबाट १-१ उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान प्रदान गरेको पालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार सुन्दरहरैँचामा १२ वटा वडा छन् । १२ वटै वडाबाट एक एक जोडी छनोट गरी सम्मान गरिएको हो । ‘समाजमा परिवार विघटनका घटनाहरू बाहिर आइरहेका छन्, राम्रा जोडी छन् भन्ने सन्देश दिनका लागि ‘ढुकुर जोडी’ खोजी गरेर सम्मान गरिएको हो,’ ढकालले भने । नगरपालिकाले सभ्य र संवेदनशील पारिवारिक सम्बन्ध विकास गर्न र मेलमिलापपूर्ण परिवा...