अमेरिकामा भएको विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपालको सम्बोधन

३, साउन काठमाडौं । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनको प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष डा सितलकाजी श्रेष्ठले सम्बोधन गरे । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा जुलाई १८ मा भएको उक्त महासभामा डा श्रेष्ठबाट सार्क भेटेरिनरी एसोसिएसनको पनि प्रतिनिधित्व भएको थियो । महासभामा सम्बोधन गर्दै डा .श्रेष्ठले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरू सँग सहकार्यको आह्वान समेत गरे ।

साथै विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि खालको कार्यक्रम नेपालले आयोजना गर्न सदैव तयार रहेको कुरा पनि उल्लेख गरे । सम्बोधनकै क्रममा डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै विश्व भेटेरिनरी एसोसिएसनको सदस्यता लिने प्रतिबद्धता समेत व्यक्त गरे ।

डा श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिव समेत हुन् । जुलाई १८ मा भएको उक्त महासभामा ९० राष्ट्रबाट सहभागिता भएको थियो । नेपाल लगायत अन्य ४ राष्ट्रबाट उक्त महासभामा सम्बोधन गरेका थिए।

महासभामा डा श्रेष्ठले श्रीलङ्का, टाइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एसोसिएसनको अध्यक्षहरु सँग शिष्टाचार भेटघाट समेत गरे ।२०२५ को महासभा जापानको टोकियोमा हुनेछ । नेपाल सन् १९९८ बाट विश्व भेटेरिनरी एसोसिएसनको सदस्य राष्ट्र भएको हो ।