घुस लिइरहेको अवस्थामा एकजना पक्राउ

काठमाडौँ । चन्द्रागिरीबाट चार लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजनालाई पक्राउ गरेको छ । घुस लिइरहेको अवस्थामा सो नगरपालिका वडा नंवर २ मा बस्ने ध्रुबबहादुर बस्नेत रहेको अख्तियारले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ का अध्यक्षका भाइ कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा पाइएको बताइएको छ । आरोपीले सेवाग्राहीबाट लिइसकेको अवस्थामा २ लाख नगद र २ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनाका लागि वडा अध्यक्षको निर्देशनमा बिचौलिया बनेर कडायले घुस लिएका हुन् । चेक कडायतकै नाममा काटेको भेटिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ स्थित नगरपालिकाको कार्यालयको गेटबाट अख्तियारको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।