राजनीति

गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल

गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४ साउन,काठमाडौं ।गृह मन्त्रालयमा मुस्लिक आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ । गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा छलफल जारी रहेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् । उनका अनुसार पछिल्लो केही दिन यता तराईमधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ(आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिएका छन् । बिहीबार आकस्मिक रूपमा कोशी र मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सिंहदरबारमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।  ...
प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित

प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक यही साउन १९ गतेसम्म स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । बिहीबार १५ दिनपछि बैठक बसेको थियो । फेरि ५ दिनसम्म बैठक स्थगित गरिएको हो।
प्रतिनिधिसभा र विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्ता छन् सूची

प्रतिनिधिसभा र विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्ता छन् सूची

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४ साउन,काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको जनाइएको छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ ।...
रास्वपाद्वारा ७ नेताको सचिवालय गठन

रास्वपाद्वारा ७ नेताको सचिवालय गठन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४ साउन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सात नेताको पार्टी सचिवालय गठन गरेको छ। बुधबार बसेको केन्द्रीय समिति बैठकपश्चात गठित सचिवालयमा सभापति रवि लामिछानेसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्। बैठकले बालेन्द्र शाहलाई पार्टीको वरिष्ठ नेतामा सर्वसम्मत रूपमा मनोनयन गर्ने निर्णय पनि गरेको छ। साथै, महाधिवेशनको समीक्षा, विभागीय कार्यविधि पारित, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ का लागि भदौ १ गतेदेखि आवेदन खुला गर्ने तथा मन्त्रीहरूसँग नियमित संवाद गर्ने निर्णय समेत गरेको छ।...
सुनसरी घटना सम्बन्धमा लामिछानेको आह्वानमा सर्वदलीय बैठक, बैठक सुरु

सुनसरी घटना सम्बन्धमा लामिछानेको आह्वानमा सर्वदलीय बैठक, बैठक सुरु

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३ साउन,काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बैठक सुरु भएको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेताहरु सहभागी छन् ।...
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन गरिँदै

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन गरिँदै

ताजा अपडेट, पर्यटन, प्रेरक प्रसङ्ग, ब्यानर-१, राजनीति, समाचार
११ साउन, काठमाडौं । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज सोमबार औपचारिक उद्घाटन गरिँदैछ । नेपालको भौतिक पूर्वाधार विकासमा नयाँ अध्यायका रूपमा हेरिएको सो सुरुङमार्ग निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आउन लागेको हो । आज पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन हुन् लागेको हो । आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन। सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ। करिब तीन महिनासम्म परीक्षणकाल सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकनपछि अन्य सवारीसाधनला...
लुम्बिनी सरकारबाट कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिंदै

लुम्बिनी सरकारबाट कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा दिंदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१० साउन, बुटवल । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि नेपाली कांग्रेसका मन्त्रीहरुले लुम्बिनी सरकारबाट सामूहिक राजीनामा दिने भएका छन् । यसअघि नेपाली कांग्रेसको केन्द्रीय समितिले असारको अन्तिममा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको थियो । हिजो शनिबार मात्रै एमाले र नेकपा बीच सातै प्रदेशमा सत्ता सहकार्यको सहमति भएपछि भने एमाले नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुलाई नैतिक दबाब परेको हो ।  ...
शिक्षा र स्वास्थ्यको कर हटाउने घोषणा

शिक्षा र स्वास्थ्यको कर हटाउने घोषणा

ताजा अपडेट, ब्यानर-२, राजनीति, शिक्षा, समाचार, स्वास्थ्य
६ साउन, काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक बजेट पारित भएको २३ दिनपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर हटाउन सरकार तयार भएको छ । प्रधानमन्त्री बालेन शाहले नै स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर लागु नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्रीले मंगलबार सामाजिक सञ्जालमार्फत निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर कार्यान्वयन गर्दा आम मानिसले थप खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने देखिएको भन्दै हटाइएको जानकारी दिएका हुन्। यो प्रावधानसहितको आर्थिक विधेयक (बजेट) प्रतिनिधिसभाबाट गत असार १४ गते पारित भएको थियो ।प्रतिनिधिसभाबाट बजेट पारित भएको २३ दिनपछि सरकार शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउन तयार भएको हो । संघीय संसद् सचिवालयका अनुसार आर्थिक विधेयकको दफा १८ ले करको दर हेरफेर पूर्ण वा आंशिक रूपमा गर्न सक्ने गरी सरकारलाई संसद्ले अ...
बाध्यकारी श्रम र मानव बेचबिखन अन्त्य गरिने सरकारी प्रतिबद्धता

बाध्यकारी श्रम र मानव बेचबिखन अन्त्य गरिने सरकारी प्रतिबद्धता

ताजा अपडेट, राजनीति, समाचार
३२ असार, काठमाडौं ।युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बाध्यकारी श्रम, आधुनिक दासत्व र मानव बेचबिखन जस्ता गम्भीर समस्या समाधानका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। बुधवार प्रतिनिधिसभा बैठकमा  ‘अन्ताराष्ट्रिय श्रम संगठन (आइएलओ) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नं. २९०’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफमा उनले सो कुरा बताएका हुन्। मन्त्री यादवले बाध्यकारी श्रम र यसको उन्मूलन सम्बन्धी अन्ताराष्ट्रिय महासन्धिहरू नेपालले यसअघि नै अनुमोदन गरिसकेको पनि स्मरण गराए। उनले यस प्रोटोकलले बाध्यकारी श्रमको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीमाथि प्रभावकारी कारबाहीका लागि सदस्य राष्ट्रको दायित्वलाई थप स्पष्ट बताए। नेपालको संविधान र प्रचलित कानूनहरूले सबै प्रकारका श्रम शोषण र दासत्वलाई निषेध गरेको हुनाले सोको कार्यान्वयनमा प्रतिबद्ध रहे...
सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन

सिंहदरबार दक्षिण गेटमा मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३१ असार, काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ । उनीहरुको प्रदर्शनबाट केहीबेर दक्षिण गेट अगाडिको सडकमा यातायात प्रभावित भएको थियो । लगत्तै प्रहरीले उनीहरुलाई हटाएको थियो । प्रदर्शनमा सहभागीहरुले गरिबको आवाज दबाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।  ...