४ महिनापछि खुल्यो सार्वजनिक सवारी दर्ता

३१ भदौ,काठमाडौं । सरकारले असोज  १ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार अहिलेका लागि काठमाडौं उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिई सवारी दर्ता खुला गरिएको हो ।विभागले सबै प्रदेश सरकारलाई सोही अनुसार सवारीसाधन दर्ता गर्न सूचित गरेको छ ।

सरकारले ७ जेठ २०८३ देखि लागु हुने गरी दर्ता रोकेको थियो ।