
३१ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले असोज महिनाका लागि ब्याजदर सूची सार्वजनिक गरेका छन् । अघिल्लो महिनाका लागि हरेक मसान्तको दिन ब्याजदर सूची बैंकहरूले सार्वजनिक गर्दै आइरहेका छन् ।
असोज महिनामा पनि वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर घटेको छ ।
बैंकहरूले मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजको औसत दर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीसँगै कर्जाको ब्याज पनि घट्न जान्छ ।

