
१७ भदौ,काठमाडौं ।भोटेकोशी -त्रिशूली नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न सरकारले भदौ २२ गते राष्ट्रिय शोक घोषणा गर्ने तयारी गरेको छ।
२२ गते बाढी गएको १३ दिन पुग्छ।तसर्थ सोही दिन सरकारले राष्ट्रिय शोक घोषणा र सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको रास्वपा प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
विशेष प्रस्ताव पारित गर्न आज बुधबार १ बजे बैठक बस्दैछ।
बैठकमा सांसदहरूले भोटेकोशी-त्रिशूली बाढीका कारण भएको क्षति,उद्धार तथा राहतको कार्यबारे धारणा राख्ने संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।
