
७ असोज,काठमाडौं ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
उनी मंगलबार कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्क प्रस्थान गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन प्रधानमन्त्री शाहसँगै े ४ सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रधानमन्त्री शाहले ८ असोजमा महासभामा सम्बोधन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
उनले जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने बताइएको छ ।
महासभामा भाग लिन यसअघि ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली पनि न्युयोर्क प्रस्थान गरिसकेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिका प्रस्थान गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
