
२७ असोज,काठमाडौं ।गरिमा विकास बैंकको बीसौं वार्षिक साधारणसभा सोमबार पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ ।
साधारणसभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सो साधारणसभाबाट आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात,आ.व.२०८२र८३ को नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सो सँग सम्बन्धित अनुसूचीहरु पारित भएका छन् ।
त्यस्तै आ.व.२०८३र८४ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव स्वीकृत भएको छ ।
हाल विकास बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर वितरण पश्चात चुक्ता पूँजी ६ अर्ब ६२ करोड ३४ लाख पुग्नेछ।
