बिशेष

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार, स्थानीय, स्वास्थ्य
४ जेठ काठमाडौं ।परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन्। टोखा नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०८३र८४ को नीति,कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह,सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताए । अबको समय भनेको राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने समय भएको भन्दै उनले आफुले गरेका कामहरु पुस्तौंपुस्ताले लाभ लिने गरि गर्नुपर्ने आवश्यकत औंल्याए । “अबको २०र२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,” उनले भने । काठमाडौँ क्षेत्र नं ६ बाट निर्वाचित सांसद खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला ...
सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने

सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने

ताजा अपडेट, बिशेष, शिक्षा
१ जेठ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ । यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो । कतिपय विद्यालयहरुले एसईई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन् । यता काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फाराम खुला गरिसकेको छ । तर, यतिबेला अघिल्लो शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन र परीक्षा सकिएको छैन ।  ...
यस्ता छन् अर्थमन्त्री वाग्लेद्धारा प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता

यस्ता छन् अर्थमन्त्री वाग्लेद्धारा प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता

ताजा अपडेट, बिशेष, समाचार
१ जेठ,काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका छन् । बिहीबार राष्ट्रियसभाबाट सरकारका नीति तथा कार्यक्रम पारित भएसँगै वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । वाग्लेले ४० बुँदामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् । यस्तो छ पूर्णपाठ : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता १) सक्षम,न्यायपूर्ण र समुन्नत नेपालको आकाङ्‍क्षा बोकेका परिवर्तनकामी युवाहरूको आन्दोलन र उत्सर्गको जगमा सम्पन्‍न आमनिर्वाचनबाट प्राप्‍त अभूतपूर्व जनादेश शिरोपर गर्दै बनेको सरकारको अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्न आज म यस गरिमामय सदनमा उभिएको छु। यस अवसरमा राजनीतिक स्वतन्त्रता, नागरिक अधिकार र समन्यायिक समुन्‍नतिका लागि भएका ऐतिहासिक आन्दोलनहरूमा जीवन अर्प...
विद्यालयको हिउँदे र वर्षे बिदा कटौती

विद्यालयको हिउँदे र वर्षे बिदा कटौती

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
२९ वैशाख, काठमाडौं । विद्यालयको हिउँदे र वर्षे बिदमा कटौती गरिएको छ ।दुई दिन बिदा दिँदा कोर्स पूरा नहुने भएपछि अरू बिदा कटौती गरिएको जनाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार हिउँदे र वर्षे बिदाको साविकको अवधि ४५ दिनलाई ३० दिन कायम गरिएको छ । प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्ने निर्णय पनि भएको छ । त्यसैगरी सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठनसँग सम्बन्धित कियाकलाप सञ्चालन गर्न विद्यालयहरूलाई भनिएको छ । पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्यांकनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्ने केन्द्रले जनाएको छ । अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न सकिने उल्लेख गरेको छ । मन्त्रिपरिषद् बैठकले २०८२ चैत २२ गते शैक्षिक संस्थाहरूमा हप्ताम...
सञ्चारमाध्यमहरूको प्रभावकारी नियमन गर्न सरकारलाई आयोगको अग्रह

सञ्चारमाध्यमहरूको प्रभावकारी नियमन गर्न सरकारलाई आयोगको अग्रह

कानुन, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२९ वैशाख,काठमाडौं ।राष्ट्रिय मानव अधिकार आयोगले अनलाइन सञ्चारमाध्यमहरूको प्रभावकारी नियमन गर्न सरकारलाई अग्रह गरेको छ। हालै सरकारलाई मानव अधिकार संरक्षणका लागि केही निर्देशनहरू पठाएको उल्लेख गर्दै आयोगले त्यसमा अनलाइन सञ्चारमाध्यमहरूको नियमनलाई प्राथमिकता दिएको हो । आयोगले गलत र भ्रमपूर्ण सूचना अनि मिथ्या समाचारका कारण नकारात्मक असर पर्नसक्ने भन्दै त्यसलाई रोक्न र अभिव्यक्ति स्वतन्त्रतामा असर नपर्ने गरी कानुनी प्रबन्ध गर्न भनेको हो। आयोगले सामाजिक सञ्जालहरूको दर्ता, अभिलेखीकरण र प्रभावकारी नियमनका लागि कानुनी प्रबन्ध गर्न भनेको हो । गम्भिर मानवअधिकार उल्लंघनका दुई अनुसन्धानहरू अलपत्र परेको पृष्ठभूमिमा आयोगले त्यो भन्दा कम प्राथमिकताका विषयवस्तु समेटेर सरकारलाई सुझाव दिएको हो। राष्ट्रिय मानव अधिकार आयोगले गतवर्ष चैतमा तिनकुनेमा राजावादीहरूको कार्यक्रममा भएको हिंसात्मक घटना र ...
एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको नतिजा सार्वजनिक,६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
२९ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन् ।एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरेको हो । कसरी हेर्ने नतिजा ? एसएमएस र आईभीआरबाट  –नेपाल टेलिकम: १६०० (SMS/USSD र IVR सेवा) –जानकी टेक्नोलोजी: ३५००१ (SMS सेवा मात्र) –एम्बिसन गुरु: ३१०६१ (SMS सेवा मात्र) वेबसाइटबाट  –आधिकारिक सरकारी साइट: www.see.gov.np र www.neb.gov.np –नेपाल टेलिकम: www.see.ntc.net.np –कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com –इडियु सञ्जाल: www.see.edusanjal.com –खल्ती: https://khal...
यसरी हेर्न सकिन्छ एसइईको नतिजा : मङ्गलबारसम्म  सार्वजनिक गर्ने तयारी

यसरी हेर्न सकिन्छ एसइईको नतिजा : मङ्गलबारसम्म सार्वजनिक गर्ने तयारी

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
२८ बैशाख ,भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, “सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको थियो, त्यो सीमाभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ, परीक्षार्थीको प्राप्ताङ्क ‘कम्प्युटर’मा ‘इन्ट्री’ गर्ने काम सकिएको छ, कि कतै केही गल्ती छ कि भनेर रुजु गर्ने काम पनि करिब सकिएको छ,कुनै प्राविधिक समस्या नआए मङ्गलबारसम्म नतिजा सार्वजनिक गर्छौं ।” बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसइईको नतिजा कसरी हेर्ने भन्ने बारेमा जानकारी दिएको छ। कार्यालयले नतिजा हेर्न ‘एसएमएस’ गरेर वा सिधै ‘वेबसाइट’मा गएर एसइईको नजिता हेर्न सकिने व्यवस्था गरेको छ ।  ...
देवघाटधामको पहिचान र संस्कृति अब स्थानीय पाठ्यक्रममा

देवघाटधामको पहिचान र संस्कृति अब स्थानीय पाठ्यक्रममा

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
२८ वैशाख,तनहुँ ।देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान,संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम लागू गरेको छ । पालिकाको पहिचान,संस्कृति र भूगोललाई उजागर गर्ने उद्देश्यले आधारभूत तह (कक्षा १–५ र ६–८० का लागि ‘ हाम्रो देवघाट’ नामक पाठ्यक्रम चालु शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याएको पालिकाले जनाएको छ । उक्त पाठ्यक्रम गाउँपालिकाभित्रका ३५ वटै सामुदायिक विद्यालयमा अध्यापन गराइनेछ ।पाठ्यक्रममा देवघाटको ऐतिहासिक तथा धार्मिक महत्व,स्थानीय पर्यटकीय स्थल,जनजीवन,वनस्पति तथा यहाँका जातजातिका संस्कारलाई प्राथमिकताका साथ समेटिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ५ का अध्यक्ष पूर्णबहादुर कुँवरले शिक्षालाई जीवन उपयोगी बनाउन र देवघाटको पहिचान उजागर गर्नुका साथै संरक्षण र प्रबद्र्धन गर्न पाठ्यक्रमले महत्वत्वपूर्ण भूमिक खेल्ने बताए। ...
गुन्द्रुक,कोदो,भटमास जस्ता कृषि उपजमा अस्ट्रेलियाले लगायो प्रतिबन्ध

गुन्द्रुक,कोदो,भटमास जस्ता कृषि उपजमा अस्ट्रेलियाले लगायो प्रतिबन्ध

कृषि, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२७ वैशाख, काठमाडौं । अस्ट्रेलियाले नेपालबाट निर्यात हुने गुन्द्रुक,कोदो,भटमास,फापर,मकै लगायत खाद्य सामग्री आयातमा कडाइ गर्दै तत्कालका लागि रोक लगाएको छ । नेपालबाट निर्यात गरिएका यस्ता सामग्रीमा किरा भेटिएको र उपचार प्रक्रिया (विषादीकरण) मा प्रयोग गरिएका कागजातहरू शंकास्पद पाइएपछि अस्ट्रेलियाको नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसन (एनपीपीओ) ले नेपाली कृषि उपजमा प्रतिबन्ध लगाएको हो । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलका अनुसार प्राविधिक कमजोरीका कारण निर्यातमा यस्तो अवरोध सिर्जना भएको हो । अन्तर्राष्ट्रिय नियम अनुसार जुन देशमा खाद्य सामग्रीको उपचार (फ्युमिगेसन ट्रिटमेन्ट) गरिन्छ, सोही देशले स्वास्थ्यताको प्रमाणपत्र जारी गर्नुपर्छ । नेपालमा अस्ट्रेलियाले तोकेको मापदण्ड अनुसारको उपचार गर्ने प्रविधि नभएका कारण सन् २०२१ देखि नेपाल...
रुपामा समुदाय विपद स्वयंसेवक तालिम सम्पन्न

रुपामा समुदाय विपद स्वयंसेवक तालिम सम्पन्न

जीवनशैली, ताजा अपडेट, बिशेष, शिक्षा, समाचार, स्थानीय
२३ बैशाख,कास्की। कास्कीको रुपा गाउँपालिकामा ‘समुदाय विपद् स्वयंसेवक’ तालिम मंगलबार सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको सहकार्यमा १८ दिनको तालिम आयोजना गरि सम्पन गरिएको हो। ३५ जनाको सहभागिता रहेको सो तालिमपश्चात ५ नं वडाको सभाहलमा समापन कार्यक्रम गरि सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। प्रशिक्षार्थीहरूलाई विपद्को परिचय र विशेषता,नेपालमा विपद् व्यवस्थापन प्रणाली,मेडिकल फस्ट रेस्पोन्डर,बाढी, पहिरो तथा डुबान,अग्नि नियन्त्रण तथा वन डढेलो,रोप रेस्क्यु बाट गरिने उद्धार,भूकम्पीय जोखिम न्यूनीकरण,सडक दुर्घटना र जोखिम न्यूनीकरणको परिचय सुरक्षा सावधानीद्वारा सामग्री प्रयोग सम्बन्धी जानकारी विभिन्न किसिमका गाँठाहरूको परिचय,काम विभिन्न किसिमको बेस बनाउने तरिका,वाटर रेस्कु टेक्निक जस्ता विविध विषयहरुमा सैद...