गीतकार राईको ‘म फसेछु कस्तो माया जालमा’ सार्वजनिक

२३ असोज,काठमाडौं ।गीतकार जंग बहादुर राईको नयाँ गीत ‘म फसेछु कस्तो माया जालमा’ हालै सार्वजनिक भएको छ । गीतमा प्रेममा परेका व्यक्तिको भावना र सम्बन्धमा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ ।

‘म फसेछु कस्तो माया जालमा’ ले विशेषगरी प्रेममा बाँधिने जोडीको मनोविज्ञानलाई कलात्मक तरिकाले चित्रण गरेको छ ।रचनात्मक शैली र आधुनिक संगीत संयोजनले गीतलाई थप मधुर बनाएको छ ।

यस गीतमा गायिका मेलिना राईले स्वर दिएकी छिन भने संगीत संयोजन वरिष्ठ संगीतकार शान्तिराम राईले गरेका हुन् । गीतकार जंग बहादुरको शब्द, शान्तिरामको संगीत, मेलिनाको मधुर स्वरले गीतलाई भावपूर्ण र मार्मिक बनाएको छ ।

जंग बहादुर राईको शब्द तथा संगीतमा लोक पप ‘ सुसेली हाल्यो वनैमा आज कोइलीले भाकेर’ बोलको गीत यस अघि सार्वजनिक भएको थियो ।