मनोरन्जन

बन्द फिल्म हलहरु भोलीदेखि संचालनमा

बन्द फिल्म हलहरु भोलीदेखि संचालनमा

ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
२९ भदौं ,काठमाडौं ।जेनजी आन्दोलनको कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि संचालनमा आउने भएका छन् । आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर संचालनमा ल्याउने निर्णय गरेको हो। संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापा अनुसार स्थानीय सुरक्षा निकायलाई जानकारी दिएर हल संचालन हुने भएको छ । राती १० बजेभित्र हल बन्द गर्ने गरि हल संचालन गर्न लागिएको छ। हल संचालनमा आएसँगै यस अघिदेखि नै प्रदर्शनरत फिल्महरू रिमै,बागी ४,कोशेढुंगा,मोहर लगायत प्रदर्शन हुने बताइएको छ ।...
हलमा लागे ‘रिमै’ सहित एडल्ट सर्टिफिकेट पाएका ‘कन्जुरिङ’ र ‘बागी ४’हलमा

हलमा लागे ‘रिमै’ सहित एडल्ट सर्टिफिकेट पाएका ‘कन्जुरिङ’ र ‘बागी ४’हलमा

ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
२१ भदौ,काठमाडौं । नेपाली भाषाको फिल्म ‘रिमै’ सहित दुई विदेशी फिल्म  हलमा रिलिज भएका छन् । हलिउडको प्रतीक्षित हरर-थ्रीलर सिरिज ‘द कन्जुरिङ’को पछिल्लो श्रृंखला ‘लास्ट राइट्स’सहित बलिउडको ‘बागी ४’  शुक्रबारदेखि रिलिज भएको छ । खिलबहादुर गुरुङ निर्देशित फिल्म ‘रिमै’मा दयाहाङ राई र रिश्मा गुरुङको शीर्ष भूमिका छ । गुरुङ संस्कार र संस्कृतिमा भनिएको प्रेम यसको कथावस्तु हो ।‘रिमै’को रनटाइम १३५ मिनेट छ । हलिउडको थ्रीलर–एक्सन ड्रामा ‘बागी ४’ पनि प्रदर्शनमा आएको छ ।टाइगर श्राफ, संजय दत्त,सोनम बाज्वाको अभिनय रहेको यो फिल्मको रनटाइम १६४ मिनेट छ । यो फिल्मले ‘एडल्ट’ सर्टिफिकेट प्राप्त गरेको छ । ‘द कन्जुरिङ : लास्ट राइट्स’लाई माइकल चाभ्सले निर्देशन गरेका हुन् । हरर-थ्रीलर जनरामा राखिएको यो हलिउड फिल्मको रनटाइम १३५ मिनेट छ । ‘एडल्ट’ सर्टिकफिेट प्राप्त गरेको यो फिल्मलाई १८ वर्षभन्दा माथिका...
‘प्रेमगीता’को टिजर रिलिज

‘प्रेमगीता’को टिजर रिलिज

ताजा अपडेट, मनोरन्जन, समाचार
१८ भदौ,काठमाडौं । राजेन्द्र बस्नेत निर्देशित फिल्म ‘प्रेमगीता’को टिजर रिलिज भएको छ । टिजरमा फिल्मका मुख्य कलाकार जान्वी बस्नेत,साजिद खान,सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ । प्रेमकथामा आधारित यो फिल्म युवा दर्शकलाई दर्शनीय बन्ने निर्माताको दाबी छ । ग्रीन प्यारोटस् फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण फिल्ममा आशा पौडेल,अर्जुन गुरुङ (भँगेरी डन),दीपक केसी,खुश्बु पाण्डे,माधव केसी,मानसी शर्मा,दीपसन लिम्बु, मौसम खड्का र ममता माझीको पनि अभिनय छ । साजिद खान प्रस्तुतकर्ता रहेको फिल्ममा अयाज अलि खान निर्माता छन् ।विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन,रामेश्वर हुमागाईंको छायांकन गरेका छन् ।भने,भरत बस्नेतको संगीत,राजु किराँतको द्वन्द्व र रामजी लामिछानेको कोरियोग्राफी छ ।...
लुना लुइँटेल बनिन् यस वर्षको मिस नेपाल,मिस नेपाल इन्टरनेशनलमा उरुशा भण्डारी

लुना लुइँटेल बनिन् यस वर्षको मिस नेपाल,मिस नेपाल इन्टरनेशनलमा उरुशा भण्डारी

ताजा अपडेट, मनोरन्जन, समाचार
काठमाडौं ।लुना लुइँटेल यस वर्षको मिस नेपाल बन्न सफल भएकी छिन् । मिस नेपाल २०२५ को शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि हाँसिल गरेकी हुन् । यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि उरुशा भण्डारीले जितेकी छन् । सोनी घले  मिस नेपाल अर्थ भएकी छन् । द हिडन ट्रेजरद्वारा सो कार्यक्रमको आयोजना गरिएको थियो ।...
कलाकार ज्योति न्यौपानेको लोक दोहोरी  गीत धनमाया–मनमाया  सार्वजनिक

कलाकार ज्योति न्यौपानेको लोक दोहोरी गीत धनमाया–मनमाया सार्वजनिक

कला, ताजा अपडेट, बिशेष, ब्यानर-२, मनोरन्जन, समाचार
सीता पौडेल (अर्चना) १७ फागुन,काठमाडौं ।कलाकार ज्योति न्यौपानेको धनमाया–मनमाया लोक दोहोरी गीत सार्वजनिक भएको छ । दुई प्रेमीबिचमा एक अर्कालाई मन पर्ने कुरा बुझ्ने र सम्बन्ध सुमधुर बनाउने गरि गरिएको बार्तालापलाई गीतका रचनाकार स्वयं न्यौपानले निकै राम्रोसँग उक्त दोहोरी गीतमा प्रस्तुत गरेका छन् । उत्कृष्ट शब्द संयोजन रहेको सो गीतमा रचनाकार न्यौपाने र चर्चित गायिका शान्ती श्री परियारको स्वर रहेको छ । गायिका परियारको सुमधुर आवाजले गीतलाई अझै उत्कृष्ठ बनाएको छ। सुवास रेग्मी प्रोडुसर रहेको सो गीतमा विशाल घिमिरेले निर्देशन गरेका छन् । निर्देशक घिमिरेको कुशल निर्देशनले गीतलाई दृश्यात्मक रुपमा उत्कृष्ट बनाउने काम गरेको छ । उक्त गीतमा वरिष्ठ संगितकार विवि अनुरागीले संगित संयोजन गरेका छन् । भने, कलाकार न्यौपाने स्वयंले संगित भरेका छन् ।भिडियो ग्राफर अजय रेग्मीले छयांकन गरेको सो गीतलाई विन्दव...
माघे सङ्क्रान्तिमा नुवाकोटमा गोरु जुधाइ प्रदर्शनी

माघे सङ्क्रान्तिमा नुवाकोटमा गोरु जुधाइ प्रदर्शनी

ताजा अपडेट, मनोरन्जन, वातावरण, समाचार
१, माघ नुवाकोट । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, बेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरिएको छ । माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि  तारुका र बेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जनाएको छ ।जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार किसानले पालेकामध्येबाट जुधाइका तोकिएका मापदण्ड पूरा गरेका गोरु दर्ता भएका छन् । ‘विगत वर्षका तुलनामा जुधाइ प्रदर्शनीमा सहभागी गराउने गोरु दर्ताका लागि मापदण्डमा गरिएको कडाइले यो वर्ष सङ्ख्या कम भएको छ’, संयोजक श्रेष्ठले भने, ‘जुधाइमा सहभागी हुने गोरुको प्रस्तुति उत्कृष्ट र दर्शकलाई भरपुर मनोरञ्जन दिन प्रदर्शनी केन्द्...
अमेरिकी अर्बपति एलन मस्क टिकटक खरिद गर्ने तयारीमा

अमेरिकी अर्बपति एलन मस्क टिकटक खरिद गर्ने तयारीमा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, समाचार
१ माघ, काठमाडौं । चिनियाँ मनोरञ्जन कम्पनी बाइट डान्सको स्वामित्वमा रहेको चर्चित सामाजिक सन्जाल टिकटक एलन मस्कले किन्ने शुर गरेका छन् । कम्पनीले  टिकटकलाई अमेरिकी अर्बपति मस्कलाई बिक्री गर्नेबारे छलफल चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सोमबार ब्लूमबर्ग न्यूजले अमेरिकी अर्बपति मस्क र  चिनियाँ अधिकारीबीच टिकटक खरिदबिक्रीबारे प्रारम्भिक छलफल भएको समाचार प्रकाशित गरेको छ।दुवैतर्फबाट औपचारिक प्रतिक्रिया भने,सार्वजनिक भइसकेको छैन । अमेरिकामा टिकटक प्रयोगकर्ता १७ करोड रहेको अनुमान छ । मस्कले एक्स एआई नामक एआई कम्पनी पनि सुरु गरेको छन् ।टिकटक खरिद गरे उक्त कम्पनीलाई पनि फाइदा हुने देखिन्छ।टिकटकको उक्त कम्पनीमा चीन सरकारको ठूलो हिस्सेदारीसमेत  रहेको बताइएको छ। टिकटकको अनुमानित लागत ४०–५० अर्ब डलर छ। मस्कले सन् २०२४ मा मात्रै ४४ अर्ब डलर खर्च गरेर ट्वीटर खरिद गरे...
नेपालमा दर्ता भयो टिकटक,‘भाइबर’ र ‘वी टक’पनि दर्ता,अन्य दर्ताको प्रकृयामा

नेपालमा दर्ता भयो टिकटक,‘भाइबर’ र ‘वी टक’पनि दर्ता,अन्य दर्ताको प्रकृयामा

जीवनशैली, ताजा अपडेट, मनोरन्जन, समाचार
२२ कार्तिक,काठमाडौं।सामाजिक सञ्चाल ‘टिकटक’ नेपालमा आधिकारिक रुपमै दर्ता भएको छ। मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आधिकारिक रूपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचीकरण भएको हो।सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने,व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ। सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ। मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो। मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बाँस्तोलाले मङ्गलबार टिकटक प्लेटर्फम विधिवत रूपमा मन्त्रालयमा सूचीकरण गरिएको जानकारी दिइन्।...
‘पूर्ण बहादुरको सारङ्गी’ले पायो ‘सुपरहिट’को मान्यता

‘पूर्ण बहादुरको सारङ्गी’ले पायो ‘सुपरहिट’को मान्यता

कला, ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
२२ कार्तिक,काठमाडौं ।क्यूएफएक्सले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई ‘सुपरहिट’ घोषणा गरेको छ। बुधबार क्यूएफएक्सले ‘पूर्ण बहादुरको सारङ्गी’लाई सुपरहिट घोषणा गरेको हो।क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगानाका अनुसार एक हप्तामा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई ‘सुपरहिट’को मान्यता दिने गरेको छ। एक हप्तामा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई सुपरहिट र तीन दिनमा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई बल्कबस्टर घोषणा गर्ने प्रावधान बनाएको उनको भनाई छ।तर उक्त चलचित्रले डेढ करोडभन्दा माथि कलेक्सन गरेको हुनसक्ने आँकलन गरिएको जनाइएको  छ। सरोज पौडेलले निर्देशन गरेको उक्त चलचित्रमा  विजय बराल मुख्य भूमिकामा छन्।विजय बरालसँगै प्रकाश सपूत,मुकुन भुसाल,अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ। महेश दवाडीले संवाद लेखेको सो चलचित्रका निर्माता विनोद पौड...

गोल्डेन नेपाली फिल्म अवार्ड डिसेम्बर २१ मा,एक महिना पछि स¥यो मिति

कला, ताजा अपडेट, मनोरन्जन, समाचार
४ कात्तिक,काठमाडौं ।पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड २०२४ आगामी पुस ६ गते (डिसेम्बर २१)मा आयोजना हुने भएको छ । अमेरिकामा आयोजना गर्ने भनिएको यो अवार्डको मिति एक महिना पछि सरेको हो ।नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिय चुनावलाई लक्षित गर्दै अवार्डको मिति सारिएको आयोजकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । चुनावले गर्दा पाहुनाको सुरक्षा र आवागमनमा हुने अप्ठयारोका कारण पूर्वनिर्धारित मितिभन्दा पछि सारिएको नेपालका संयोजक सुनिल कटुवालले जनाएका छन् । अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियास्थित रिचमन्ड मेमोरियल अडिटोरियमको ४०३ सिभिक सेन्टर प्लाजामा अवार्ड हुने जनाइएको छ ।२२ डिसेम्बरमा बार्केलेमा नेपाली कलासंस्कृति, भेषभुषा झल्कने झाँकीसहित प्रभातफेरि र नेपाल डे परेड आयोजना गरिने जनाइएको छ । सोही दिन साँझ नेपाली सेलिब्रेटीसँग ‘मिट एण्ड ग्रिट’ क्रुज पार्टी आयोजना गरिने जानकारी बिज्ञप्त...