४ कात्तिक,काठमाडौं ।पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड २०२४ आगामी पुस ६ गते (डिसेम्बर २१)मा आयोजना हुने भएको छ ।
अमेरिकामा आयोजना गर्ने भनिएको यो अवार्डको मिति एक महिना पछि सरेको हो ।नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिय चुनावलाई लक्षित गर्दै अवार्डको मिति सारिएको आयोजकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चुनावले गर्दा पाहुनाको सुरक्षा र आवागमनमा हुने अप्ठयारोका कारण पूर्वनिर्धारित मितिभन्दा पछि सारिएको नेपालका संयोजक सुनिल कटुवालले जनाएका छन् ।
अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियास्थित रिचमन्ड मेमोरियल अडिटोरियमको ४०३ सिभिक सेन्टर प्लाजामा अवार्ड हुने जनाइएको छ ।२२ डिसेम्बरमा बार्केलेमा नेपाली कलासंस्कृति, भेषभुषा झल्कने झाँकीसहित प्रभातफेरि र नेपाल डे परेड आयोजना गरिने जनाइएको छ ।
सोही दिन साँझ नेपाली सेलिब्रेटीसँग ‘मिट एण्ड ग्रिट’ क्रुज पार्टी आयोजना गरिने जानकारी बिज्ञप्तीमा उल्लेख छ ।२०८० साउनदेखि ०८१ असार मसान्तभित्र हलमा प्रदर्शन भएका फिल्मले अवार्डको प्रतिस्पर्धामा भाग लिने जनाइएको छ ।
एक विशिष्ट फिल्मकर्मीलाई दीर्घ साधना सम्मान दिइनेछ ।नेपालबाट झण्डै ४० कलाकार अमेरिका पुग्नेछन् ।अवार्डको जुरीमा शिव श्रेष्ठ, सुनिल थापा, दीपाश्री निरौला, गौरीशंकर धुजु, सुनिल कटुवाल र लक्ष्मण सुवेदी छन् ।कार्यक्रमको होस्ट नरेश भट्टराईले गर्नेछन्।
कार्यक्रमको हिमालय फाउन्डेसन कर्प,गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया, लाइटे ल अफिस, सोम्नामे ग्रुप एलएलसी (यति रेष्टुरेन्ट),राजपुत ग्रुप एलएलसी,पाण्डे रियाल्टी तथा टाइटल स्पोन्सर हिमालयन हवले गरेका छन् ।
