पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन

४ कात्तिक,काठमाडौं ।पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ ।

केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचारत मिश्रको आज आइतबार बिहान निधन भएको परिवारिक स्रोतले बताएको छ ।

७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए ।उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट,भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।

भेन्चर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष मिश्रको शव अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने छ।त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

  मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् ।साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए ।