
४ कात्तिक,(ताप्लेजुङ) ।ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ ।कुकुर र बिरालोलाई बन्ध्याकरण गर्ने र रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चले जनाएको छ ।
मञ्चका अनुसार रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको छ ।अभियानले रेडपाण्डाका लागि सुरक्षित वातावरण सिर्जना गर्न,सङ्क्रमण र हिंस्रक आक्रमणबाट जोगाउन मद्दत गरेको छ ।
फुङलिङ नगरपालिकाको फावाखोला,फुरुम्बू, काफ्लेपाटी,माथिल्लो फेदी,हाङदेवा र पाथीभरा याङवरक गाउँपालिकाको तिरिङगे, सिरिजङ्गा गाउँपालिकाको सिकैचा क्षेत्रका बस्तीमा बन्ध्याकरण साथै रेविजभ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको छ ।
यसले कुकुरको सङ्ख्या व्यवस्थापन स्वस्थ राख्ने र वातावरणमा थप सुरक्षा प्रदान गर्न मद्दत पुर्याउने मञ्चको भनाई छ ।
