सातदोबाटोमा गुडिरहेको महानगर यातायातको बसमा आगलागी

३ कात्तिक, काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी भएको छ ।

शनिबार अपरान्ह ५ बजे चक्रपथमा चल्ने बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको ट्राफिक प्रहरी इन्सपेक्टर भुपेन्द्र गिरीले जानकारी दिएका छन् । साथै उनले आगलागीको कारण नखुलेको बताए।

चालकका अनुसार इन्जिनबाट एक्कासी आगलागी भएको र बसमा धुँवा देखिनेवित्तिकै यात्रुहरु झरेका थिए ।

सबै यात्रुहरु सुरक्षित रहेको ट्राफिक प्रहरी इन्सपेक्टर गिरीले बताए ।