
४ कार्तिक,काठमाडौं ।सत्तारूढ दल नेकपा एमालेको आज सचिवालय बैठक बस्ने भएको छ ।
आज आइतबार अपराह्न ५ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।
उपाध्यक्ष पौडेलका अनुसार सो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तयारी छ ।
पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा बृहत छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष पौडेलले जानकारी दिएका छन् ।
फोटो स्रोत : सविन भण्डारी
