‘पूर्ण बहादुरको सारङ्गी’ले पायो ‘सुपरहिट’को मान्यता

२२ कार्तिक,काठमाडौं ।क्यूएफएक्सले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई ‘सुपरहिट’ घोषणा गरेको छ।

बुधबार क्यूएफएक्सले ‘पूर्ण बहादुरको सारङ्गी’लाई सुपरहिट घोषणा गरेको हो।क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्कर ढुंगानाका अनुसार एक हप्तामा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई ‘सुपरहिट’को मान्यता दिने गरेको छ।

एक हप्तामा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई सुपरहिट र तीन दिनमा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई बल्कबस्टर घोषणा गर्ने प्रावधान बनाएको उनको भनाई छ।तर उक्त चलचित्रले डेढ करोडभन्दा माथि कलेक्सन गरेको हुनसक्ने आँकलन गरिएको जनाइएको  छ।

सरोज पौडेलले निर्देशन गरेको उक्त चलचित्रमा  विजय बराल मुख्य भूमिकामा छन्।विजय बरालसँगै प्रकाश सपूत,मुकुन भुसाल,अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ।

महेश दवाडीले संवाद लेखेको सो चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन्।

भने,कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन्।