लुना लुइँटेल बनिन् यस वर्षको मिस नेपाल,मिस नेपाल इन्टरनेशनलमा उरुशा भण्डारी

काठमाडौं ।लुना लुइँटेल यस वर्षको मिस नेपाल बन्न सफल भएकी छिन् । मिस नेपाल २०२५ को शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि हाँसिल गरेकी हुन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि उरुशा भण्डारीले जितेकी छन् ।

सोनी घले  मिस नेपाल अर्थ भएकी छन् । द हिडन ट्रेजरद्वारा सो कार्यक्रमको आयोजना गरिएको थियो ।