अमेरिकी अर्बपति एलन मस्क टिकटक खरिद गर्ने तयारीमा

१ माघ, काठमाडौं । चिनियाँ मनोरञ्जन कम्पनी बाइट डान्सको स्वामित्वमा रहेको चर्चित सामाजिक सन्जाल टिकटक एलन मस्कले किन्ने शुर गरेका छन् ।

कम्पनीले  टिकटकलाई अमेरिकी अर्बपति मस्कलाई बिक्री गर्नेबारे छलफल चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सोमबार ब्लूमबर्ग न्यूजले अमेरिकी अर्बपति मस्क र  चिनियाँ अधिकारीबीच टिकटक खरिदबिक्रीबारे प्रारम्भिक छलफल भएको समाचार प्रकाशित गरेको छ।दुवैतर्फबाट औपचारिक प्रतिक्रिया भने,सार्वजनिक भइसकेको छैन ।

अमेरिकामा टिकटक प्रयोगकर्ता १७ करोड रहेको अनुमान छ ।

मस्कले एक्स एआई नामक एआई कम्पनी पनि सुरु गरेको छन् ।टिकटक खरिद गरे उक्त कम्पनीलाई पनि फाइदा हुने देखिन्छ।टिकटकको उक्त कम्पनीमा चीन सरकारको ठूलो हिस्सेदारीसमेत  रहेको बताइएको छ।

टिकटकको अनुमानित लागत ४०–५० अर्ब डलर छ।

मस्कले सन् २०२४ मा मात्रै ४४ अर्ब डलर खर्च गरेर ट्वीटर खरिद गरेका थिए ।त्यसपछि उनले ट्वीटरको नाम बदलेर एक्स राखेका थिए।