बन्द फिल्म हलहरु भोलीदेखि संचालनमा

२९ भदौं ,काठमाडौं ।जेनजी आन्दोलनको कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि संचालनमा आउने भएका छन् ।

आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर संचालनमा ल्याउने निर्णय गरेको हो।

संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापा अनुसार स्थानीय सुरक्षा निकायलाई जानकारी दिएर हल संचालन हुने भएको छ । राती १० बजेभित्र हल बन्द गर्ने गरि हल संचालन गर्न लागिएको छ।

हल संचालनमा आएसँगै यस अघिदेखि नै प्रदर्शनरत फिल्महरू रिमै,बागी ४,कोशेढुंगा,मोहर लगायत प्रदर्शन हुने बताइएको छ ।